logo
  • शुक्रबार, असोज ९ २०८३

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को ट्यालेन्ट राउण्ड सम्पन्न, फिनाले कार्तिक १६ गते हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ कार्तिक ८ ।
मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले यहि आउदो कार्तिक १६ गते शनिबार भब्यताको साथ् गरिने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन । भर्खरै मात्र सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफ्नो-आफ्नो कला, क्षमता प्रदर्शन गरेका थिए ।

भरतपुर चितवनमा नै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले “मिस्टर एण्ड मिस स्टार चितवन २०१९ ” प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगितामा सबिना गुरुङ, रुपा केसी, सिमा महतो, बेनिशा छेत्री, नविना अधिकारि, श्रवन श्रेष्ठ, सनम कंडेल, भावना पाण्डे, मनोज तामाङ, किरण दनुवारले प्रतिश्प्रधा गरिरहेका छन् ।

होटल बन्दीपुरमा सम्पन्न भएको उक्त ट्यालेन्ट राउण्ड प्रतियोगितामा बिकाश सापकोटा, कमल बराल, अस्मिता नेपालीले निर्णायकको भूमिका निर्बाह गरेका थिए ।

चितवनमा विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गरेर अनुभब बटुली सकेकि सरिता आचार्यको आयोजनामा भईरहेको यस प्रतियोगितमा मोडल सम्पदा अमगाई र मोडल सृष्टि भुसाल कार्यक्रम संयोजक रहेका छन् ।

भबिष्यमा नेपाल बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिएको कुरा “मिस्टर एण्ड मिस स्टार चितवन २०१९” को अधक्ष्य आचार्य बताउछिन ।

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन। साथै बिजेतालाई नगद सहित आकर्षक पुरस्कार समेत प्रदान गरिनेछ ।

कोरियोग्राफर अस्मिता नेपालीले कोरियोग्राफी गरिरहेकी प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिदै आएको छ ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित अन्य गतिविधीमा समेत सहभागि गराउदै आएको जानकारी आयोजक सस्थाले गराएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend