logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी भार्सेको मौलिक सालैजो (भिडियो)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

ऋषी भाई/साझा नेटवर्क, गुल्मी ।
गुल्मीको भार्सेमा प्रचलित प्राचिन संस्कृति झल्किने मौलिक सालैजो गुल्मी भार्से लुम्बिनी अन्चलकै सबैभन्दा अग्लो थाप्ले लेक्को काखमा अवस्थित एउटा सुन्दर सान्त गाउँ हो भार्से । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक महत्व बोकेको यस भार्से गाउँ सत्यवती गाउँपालिका वाड न्ं ८ मा पर्दछ ।

भार्से समुन्द्री सतहबाट १७ सय ५० मिटर उचाइमा अवस्थित भार्से गाउँ हरियाली स्वच्छ वातावरण साथै अर्गानिक खाना संगै भार्सेली मगर कला संस्कृती हेर्नको लागी एकपटक पुग्नै पर्ने गाउँ हो भार्से । बुटवलबाट गाडीमा दुई घन्टाको यात्रापछि खैरेनी पुग्न सकिन्छ । त्यहाँबाट डेढ घन्टा उकालो हिँडेपछि भार्से पुगिन्छ ।

हालै गुल्मीको भार्सेमा भार्सेली स्थानीय महिलाहरुले पर्यटक आकर्षित गरी आयआर्जन बढाउन गाउँमा रानीवन होमस्टे सञ्चालन गरेका छन । होमस्टे सञ्चालनका लागि भार्सेका महिलालाई गाउँपालिकाले लम्जुङको घले गाउँ, स्याङ्जाको सिरुवारी र घान्द्रुक लगायतका स्थानमा अवलोकन समेत गराइएको थियो ।

भार्सेली हरु यहाँ आउने पाहुना हरुलाई आफ्नो परम्परा, रीतिरिवाज र वेशभूषा सहित पाउनाको स्वागत गर्ने गरेका छन् । पाहुनालाई सालैजो, सोरठी, कृष्ण चरित्र र ठाडो भाकाको गीत र नृत्यले स्वागत गर्ने गरिएको छ ।

समुदायको आर्थिक समृद्धिका लागि सामूहिक रूपमा होमस्टे सञ्चालन गरिएको रानीवन होमस्टेकी उपाध्यक्ष टोकली पुनले बताइन् । विगत केही समययता भार्से जाने पर्यटक बढ्दै गएका छन् ।

हेरौ भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend