साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं असोज २८ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघ क्यान को निलम्बन सशर्त फुकुवा गरेको छ। गत सोमबार दुबईमा सम्पन्न आईसीसीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
काठमाडौंमा यही असोज १० र ११ गते भएको क्यानको निर्वाचित साधारण सभाले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको थियो। यस्तै आईसीसीले जिम्बावेमाथि लगाएको निलम्बन समेत सशर्त फुकुवा गर्ने निर्णय गरेको छ। आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिमा जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरिएको पनि उल्लेख छ। यद्यपी आईसीसीले शर्तका विषय भने उल्लेख गरेको छैन।
आईसीसीले क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै तीन बर्षअघि क्यामाथि प्रतिबन्ध गरेको थियो। आईसीसीले आफ्नै निगरानीमा नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको थियो। नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले आईसीसीको निर्णय नेपाली क्रिकेटको लागि स्वागत योग्य र सोचे अनुरुपकै कदम भएको बताए।
‘आईसीसीले नेपालसँग एसोसिएट राष्ट्रको रुपमा काम गर्नुपर्ने, शुसासन, आर्थिक पारदर्शिता, क्यानको अफिस सञ्चालन लगायत विषयमा विगतदेखि सर्त राख्दै आएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend