logo
  • शुक्रबार, असोज ९ २०८३

“आजाद भिसा”का नाममा कामदार तस्करी, न काम-न दाम


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

-करिम बक्स मियाँ।
चितवनका मोहन अधिकारी कथित “आजाद भिसा”मा कतार आए। कफी वरिष्ठामा अनुभवी उनले कामपनी पाए, तर भिसा परिवर्तन हुन नसक्ने भन्दै कम्पनीले जवाब दियो। धरानका अशोक राईले पनि सेल्समा काम त पाए कम्पनी परिवर्तनमा समस्या आएपछी उनीपनि निराश छन्।राई र अधिकारीहरु त प्रतिनिधि पात्रमात्र हुन्। उनीहरुले प्रतिव्यक्ति करीव १ लाख ७५ हजारसम्म खर्चेर कतार छिरेका हुन्। यस्ता घटना दिनानुदिन देखिंदै छ। दाङ्ग कि सुस्मिता थारु, तनहुँ कि सरिता दरै पनि ब्युटिसियनको काममा अनुभवी हुन्, उनीहरुको पनि गुनासो उस्तै छ। लाखौं खर्चेर दलालहरुको प्रलोभनमा परेर  चाहे जस्तो काम र तलब पाइने भन्दै कतार छिरेका उनीहरु बताए ।

पिडितहरु भन्छन दलालहरुले काम खोजेर लगाईदिने, कामको टुंगो नलागेसम्म खान बस्नको व्यबस्था समेत गरिने सर्तमा आफुहरु कतार आएको बताए ।कतार ल्याएपछी सम्पर्क विहिन हुने  गर्दो रहेछन  यस बारे आफुलाई जनाकारी नभएको बताउदै यस्ता दलालहरु संग सचेत रहन समेत आग्रह समेत गरे ।

धन्न अलिअलि पैसा बोकेर ल्याएको थिएँ र अहिलेसम्म धानिएको छु चिन्तित मूडमा देखिएका अधिकारीले भनें दलाल गायब छ, पाएको कामपनि गुम्यो, अब के गर्ने होला । नेपालमा स्थापित कतार भिसा सेन्टर ९ क्युभिसी० मार्फत प्रक्रिया पूरा गरेर आएका कामदारहरुले कतारमा कुनै दोस्रो कम्पनीमा भिसा परिवर्तन गर्न कठिन हुन्छ ।

क्युभिसीको प्रावधान बमोजिम प्रक्रिया मार्फत कतार आउँदा बिगतमा कतारमा आएर गर्ने सम्पूर्ण विधि पूरा गरि सकेको हुनु पर्दछ। जस्तैस् बिगतमा कतारमा आएर गरिने मेडिकल, फिंगरप्रीण्टका प्रक्रिया सबै हाल कतार सरकारले कायम गरेको क्युभिसी मै हुने हुनाले कतारमा आएर कतार सरकारको सम्वन्धित निकायले तपाईं जुन कम्पनीको भिसामा आउनु भएको हो त्यही कम्पनीको नाममा रेसिडेन्स परमीट कार्ड९आरपी(कार्ड० पाईन्छ।

कुनैपनि एक कम्पनीको नामबाट आरपी जारी भएपछि कम्तिमा एक वर्षसम्म अर्को कम्पनीमा काम गर्न वा कम्पनी परिवर्तन गर्न सकिंदैन आजाद भनिने कुनैपनि भिसा नै हुँदैन। त्यस्ता भिसापनिवर्किंङ भिजिट भिसा नै हो। अर्थात आम रुपमा श्रम गर्न आउने भिसालाई नै दलालहरुले आजाद भिसाको नाम दिएर ठग्ने काम गर्दै आई रहेका मात्र हुन्।

कतारले क्युभिसी मार्फत वैदेसिक रोजगारको कामहरु गर्न थालेपछि आरपी जारी गर्ने काम बाहेक सबै प्रक्रिया कामदारको आफ्नै मुलुकमा नै पूरा भई सकेको हुन्छ। आरपी कार्ड बनी सकेको हुन्छ, रिलिज हुन बाँकी रहन्छ।

आजाद भिसा के हो ?

कतार श्रम मन्त्रालयका आनुसार आजाद भिसा भन्ने भिसा छैन कतारमा कामदारका लागि दुई प्रकृतिको व्यक्तिगत (घरेलु कामदार) र संस्थागत (कम्पनि) र को मात्रै भिसा हुन्छ कम्पनिको स्पोन्सरसीपमा निस्कने भिसाको नाम दिने गरेको छन् ।

कुनैपनि कम्पनी भिसाको कारोवारको लागि खोलिएका हुँदैनन्। तर केही ट्रेडिंङ र कन्ट्र्याक्टिंग कम्पनीहरुसित दलालहरुको आन्तरिक मिलेमतोमा  भिसाहरुलाई बेच्ने र सो वापत कतार आएपछी नो अब्जेक्सनु लेटर दिएर अर्को कम्पनीमा काम गर्न वा कम्पनी परिवर्तन गर्ने अनुमती दिने गरि भिसाको व्यापार गर्ने गरेका हुन्छन्। तर आरपी कार्ड बन्ने प्रक्रिया भन्दा पहिले नै अर्को कम्पनी परिवर्तन गरि सक्नु पर्ने हुन्छ।

बिगतमा सबै काम कतार छिरेपछि हुने गर्दथ्यो। प्रक्रियामा छिर्नु भन्दा पहिला कुनै अर्को कम्पनी खोजेर कम्पनी परिवर्तन गर्न सहज हुने गर्दथ्यो, तर भिसा सेन्टरले सकृयता पूर्वक काम थालेपछी त्यो सम्भावना जिर्ण बनेको तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।

काम पाएरपनि कम्पनी परिवर्तन गर्न नमिलेको गुनासाहरु बढ्दैछन्। आजाद भनिएका भिसा कारोवारीहरुलाई कारवाही गर्ने देखि यसबारे सचेतना फैलाउनु आवस्यक छ । तर यो सहज छैन । किनकी मुख्यतस् ठगी गर्ने तत्वहरु कतारमा जमेर बसेका छन् भने यस्तो मामिलामा नियोग निरीह जस्तो देखिने गरेको छ।

कुटनैतिक मर्यादाभित्र रहनु पर्ने देखि निष्चित परिधिमा रहेर नेपाल सरकारको नीति र निर्देशनमा बाँधिएर काम गर्नुपर्ने जस्ता बाध्यता नियोग सामु छ। दलालहरुले नटेर्नेदेखि धम्क्याउने सम्मका हरकत देखाउँदै आएका छन्। नियोगले के गर्न सक्छ ररु भन्ने मानसिकताले दलालहरुले काम गर्दै आएका छन्।

कतारमा बसेर निर्धक्क रुपमा ठग्दै आई रहेका दलालहरुलाई निमिट्यान्न पार्न नेपाल सरकारले नियोगलाई प्रशासनिक कार्वाहीदेखि आवस्यक परे डिपोर्ट गरेर नेपालमा कानुनी उपचार गर्न सक्ने गरि मजबुत साथ दिन आवस्यक देखिन्छ। यस्ता घटनाहरु दैनिक रुपमा बढ्दो छ। समयमै सरकारको ध्यान ध्यानाकर्षण गर्ने जरुरत देखिन्छ ।

लेखक : नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend