साझा नेटवर्क
-कल्पना पौडेल “जिज्ञासु”।
हरिप्रसाद एक किसानको छोरा थियो । प्रसस्त खेतीपाती भएकोले माटो मोलिलो बनाउनुपर्ने र दुध बिक्रिबाट आम्दानीको स्रोत बलियो बनाउने उदेश्यले भैसीहरु पनि पालेका थिए ।
परिबारका अन्य सदस्यहरु खेतीपातीमा काम गर्थे भने हरिप्रसाद दिनहुँ बिहानैदेखि भैसी चराउन बनमा जान्थ्यो सबै भैसीहरुको घाँटीमा एकै प्रकारको घन्टी बाधिएका थिए भने एउटा उन्नत जातको धेरै दूध दिने चिल्लो राम्रो भैसीको घाँटीमा अरुको भन्दा फरक महँगो घन्टी बाधिएको थियो ।
भैसीहरु घन्टी हल्लाउदै हरियो चौरमा चरिरहेका थिए हरिप्रसाद रुखको ओझेलमा बसेर सुसेली बजाउदै थियो यत्तिकैमा एउटा बटुवाले हरिप्रसादलाइ बोलाउँदै झस्काई दियो । त्यो बटुवा चिल्लो भैसीको घन्टी देखेर लोभिएको रहेछ । त्यो घन्टीको मूल्य कति हो ? म किन्छु हरिप्रसाद संग प्रश्न गर्यो पचास रुपियाँ’ हरि प्रसादले जवाफ फर्कायो मात्र पचास ?
म तिमीलाई यो घन्टीको सय रुपैया दिन्छु बटुवाले भन्यो, सय रुपैया सुनेर हरिप्रसाद निकै खुशी भयो र तुरुन्त घन्टी निकालेर बटुवालाई दियो र पैसा मागेर आफ्नो गोजीमा राख्यो । अब त्यो भैसीको घाटीमा कुनै घन्टी थिएन घन्टीको आवाजले हरिप्रसादलाइ थाहा हुन्थ्यो कि भैसी कहाँ चरिरहेको छ ।
भनेर अब भैसीको घाटीमा घन्टी थिएन भैसी चर्दै चर्दै धेरै टाढा पुगिसकेछ । त्यसै मौकाको फाइदा उठाउदै त्यहि बटुवाले भैसी आफुले लिएर हिडेको हरिप्रसादले देख्यो र रुदै रुदै घर आयो घरमा आएर सबै घटना आफ्नो बुवालाई सुनाउदै भन्यो मलाइ कत्ति पनि अनुमान थिएन कि घन्टीको मूल्य यति धेरै दिन्छ भनेर मलाइ ठग्यो भनेर।
बुवाले भने ठगीको सुख धेरै खतरनाक हुन्छ सुरुमा त हामीलाई खुशी दिन्छ पछी धेरै दुख । तसर्थ हामीले पहिलेनै सुख खुशी लिनु हुदैन लोभ लालचमा फसेर मानिसलाइ कहील्यै कहिँ सुख मिल्दैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend