logo
  • शुक्रबार, असोज ९ २०८३

भक्त विश्वासको आधा जिवन आधुनिक गित भिंडियों सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाण्डौं असोज १४।
“दशै आयो, खाउला पिउला तर कहाँ पाउँला” यी शब्दावलीले सायद दशैलाई दशाको रुपमा प्रतिबिम्बित गरिदिन्छ । यस्तै भावनाको कडि बनेका छन नव गायक भक्त विश्वास । शारिरीक रुपमा आफ्नो अशक्ततालाई चुनौती दिदै सामाजिक संरचना र गरिवीपन प्रतिको तितो यथार्थतालाई भिडियोमा उतार्दै विश्वासले आधा जिवन वोलको आधुनिक गितको भिंडियों सार्वजनिक गरेका छन् । मिठो स्वरका धनि विश्वासको यस गितले दशैसंग बल्झिएका बेदना पोखेकै कारण निकै रुचाईएको छ ।

दिनेश खरेलका हृदय स्पर्शी शब्दले सजिएको यस आधा जीवनमा सन्जय पान्डेको सङ्गीतले निकै कारुनिक तुल्याएको छ । शाहस शाक्यले सङ्गीत संयोजन गरेको गीतलाई ईन्दिरा भट्टराईको कलात्मक निर्देशनमा यथार्थ चित्रण गरिएको छ । ईन्दिरा म्यूज़िक एण्ड ईन्टरटेनमेन्टबाट गित सार्वजनिक गरे लगतै संञ्चारकर्मीहरुसंग बोल्दै निर्देशक भट्टराईले भनिन्, “दुई दशक भन्दा लामो समय देखि घुडा टेकेर हिड्ने भक्तको यो औपचारिक गायन यात्राको विजारोपनले पक्कै पनि फरक पहिचान बनाउने विश्वास गरेकी छु ।”

आर्यन बिमलीको छायांकन रहेको भिडियोमा संञ्चारकर्मी राधिका अधिकारी, दिनेश खरेल, चन्दा बिडारी, ईश्वर खड्का र सिम्रन विष्ट लगाएतको अभिनय रहेको छ । शुवातमै निकै प्रसंशा पाएको उक्त सार्वजनिक गीतको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend