logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभाको तयारी अन्तिम चरणमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

logo-gws-2-300x285कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ कतारमा सकृय रहेको गुल्मी सेवा समाज कतारको छैठौ साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी जुलाई २९ तारिखका दिन आयोजना गरिएको छैठौ साधारणसभा सस्थाका हरेक गतिबिधिहरु नया कार्यसमिति चयन, व्यक्तित्व सम्मान लगायत विविध कार्यक्रम सहित सम्पन्न हुदैछ ।

यसै क्रममा कतारमा रहनु भएका गुल्मेलीहरुले गुल्मी सेवा समाज कतारको साधारणसभा सम्पन्न हुनू पुर्व आफ्ना सदस्यहरुलाई सदस्यता नवीकरण गर्न आह्वान गरेको छ । साथै कुनै पनि समयमा नया सदस्यता लिन एवम पुराना सदस्यहरुले आफ्नो सदस्यता नवीकरण गर्न सकिने समेत जानकारी गराएको छ ।

रोजगारीका सिलसिलामा आफ्नो जन्मभूमि छोडेर कतारलाई कर्मभुमि बनाई श्रम गरिरहनु भएका सम्पूर्ण गुल्मेलीहरुलाई उक्त साधारण सभामा उपस्थित भइ कार्यक्रमलाई सव्य तथा भव्य रुपमा सु-सम्पन्न गर्नका लागि सहयोगी भूमिका खेल्न समेत अनुरोध गरेको छ ।

साधारणसभा कार्यक्रम आगामी २९ जुलाई २०१६का दिन कतारको नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजेबाट सुरु हुने छ।


थप जानकारीका लागि यहाँ हेर्नुहोस ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend