logo
  • मंगलबार, असोज १३ २०८३

तम्घासका मासु पसल, फोहोर ठाउँमा काटने सफा ठाउँमा बेच्ने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी असोज १० ।
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालनमा रहेका अधिकाशं मासु पसलहरु मापदण्ड विपरित सञ्चालन गरेको पाइएको छ । चाड पर्वलाई मध्यनजर राखेर रेसुङ्गा नगरपालिकाको आयोजनामा, जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, पत्रकार सहितको टोलीले तम्घासको बिभिन्न ठाउँमा मासु पसलहरु अनुगमन गरेको हो ।

सदरमुकामै रहेका मासु पसलहरुले फोहोर ठाउँमा काटने र राम्रो ठाउँमा राखेर बेच्ने गरेको पाइएको छ । मासु काटने स्थल अत्यन्तै दुरगन्धीत रहेको भेटिएको हो । तम्घासको बसपार्क क्षेत्रमा रहेका मासु पसलहरुले मासु काट्ने बथसालाहरु अत्यन्तै फोहोर गरि मासु काट्ने गरेको अनुगमन कर्ताले फेला पारेका थिए ।

बासपार्क क्षेत्रमा रहेको गुप्ता फ्रेस आउस र चारपाला मासु पसलले मासु काटने स्थल अत्यन्तै फोहोर स्थनामा काट्ने गरेकाले अनुगमन कर्ताले तुरुन्तै सुधार गर्ने गरि काज गरिएको रेसुङ्गा नगरपालिका अनुगमन समिति सदस्य शेर बहादुर कुँवरले बताए ।

तम्घास बजारका १ दर्जन मासु पसलहरुमा अनुगमन भएको थियो । अनुगमनको क्रममा मासु पसलहरुले खसी, कुखुरा मासु एकै स्थानमा राखेको पाइएको थियो ।
बध गर्ने अधिकाशं स्थानहरु शौचालयको नजिकै भएको समेत अनुगमन समितिले फेला पारेको जनाएको छ ।

अनुगमन कर्ताले मासु पसलहरुलाई कतिपय मासु पसलमा सरसफाइ नभएको पाइएकोले सरसफाइ गर्न, वासी खाना नमिल्ने खालको मासु मिसाएर नबेच्नको लागी अनुरोध गरिएको थियो । आगामी दिनमा फेरि गरिने अनुगमनमा सो अनुसार भेटिए कडा कारबाही समेत हुने कुँवरले बताए ।

मापदण्ड अनुसार सञ्चालन नगरे बिभिन्न मासु पसलहरुलाई कारवाहीको प्रक्रृया अगाडि बढाउने अनुगमन समितिले जनाएको छ । त्यस्तै तम्घास बजारका बिभिन्न स्थानका खाध्यन्न, होटलहरु, मिटान्न लगायतका पसलहरुमा अनुगमन गरिएको हो ।बजारमा हुने कालो बजारी सगै म्याद गएका समानहरु बिक्री बितरणमा रोक लगाउन बजार अनुगमन हुदै आएको छ ।

तम्घासमा २ दिन सम्म झण्डै १०० वटा खाध्यन्न, होटल लगायत बिभिन्न पसलहरुमा अनुगमन गरिएको थियो । अनुगमनको क्रममा केहि पसलहरुमा दर्ता नविकरण नगरेको, सबै समान एउटै पसलमा राखेर बिक्री गरेको गरेको पाइएको थियो । चाडपर्व नजिकिएसँगै गाउँगाउँमा स्थानीय तहरुले पनि बजार अनुगमनलाई तिब्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend