साझा नेटवर्क
साझा नेटवर्क, बुटवल असोज ७ ।
पुर्व- पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका –१० मा बस पल्टिँदा चालकको मृत्यु भएको छ।
बसमा सवार रहेका ३९ जना घाइते भएको नवलपरासी जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दाङबाट काठमाडौंका लागि छुटेको ना ७ ख ८६४२ नम्बरको बस सोमबार राति पौने २ बजे आफैं अनियन्त्रित भई पल्टिएको हो।
दुर्घटनामा मकवानपुर घर भएका बसचालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसका घाइतेलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ। चालक निदाएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend