साझा नेटवर्क
कमल पौडेल, बागलुङ असोज ५ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामाजिक रुपान्तरणको दायीत्व शिक्षकहरु संग रहेको बताउनु भएको छ। सनिवार नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाड गाउँपालिकाको प्रथम गाउँ परिषद्को खर्वाङमा उद्घाटन गर्दै भुसालले शिक्षकहरुलाई पेशा प्रति प्रतिवद्ध र वफादार बन्न आग्रह गर्नुभएको छ।
शिक्षक समाजको अव्बल नागरिक भएकोले सामाजिक विभेद अन्त्य गर्ने र समता मुलक समाज निर्माणमा महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ। शिक्षक विना समाजको रुपान्तर गर्न नसकिने भन्दै उपप्रमुख भुसालले गुणस्तरीय शिक्षाको लागी प्रविधि पछ्याउने र कर्तव्य निष्ठ शिक्षक चाहिएको बताउनुभयो। देशलाई लोकतान्त्रिक गणतन्त्र सम्म ल्याउन शिक्षकको महत्वपूर्ण भूमिका रहेको भन्दै अवको समय दक्ष जनशक्ति उत्पादन गर्ने भएकोले शिक्षकलाई पेशा प्रति प्रतिवद्ध हुन आग्रह गर्नुभयो।
एक फरक प्रसंगमा नेपाल कम्यूनिष्ट पार्टिका जिल्ला कार्यालय सदस्य समेत रहनुभएको भुसालले देशमा विकासको मूल फुटेको तर व्यावस्थापनको केहि काम वाँकी रहेको बताउनु भएको थियो। सो कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का प्रदेश कमिटि सदस्य सुनिल शेरचनले राजनैतिक आन्दोलनमा शिक्षकहरुले पुर्याएको योगदान भुल्न नसकिने भन्दै पेसा प्रति निष्ठावान हुँदै सामाजिक अगुवाई शिक्षकहरुले गर्नुपर्ने बताउनु भयो। त्यस्तै प्रेम खरेलले टेड युनियन अधिकार यत्तिकै नआएको भन्दै सवै शिक्षकहरु एकजुट हुन आह्वान गर्नुभयो।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिव कृष्ण भट्राई, पूर्व केन्द्रिय प्रतिनिधि वेद प्रसाद शर्मा, जिल्ला सल्लाहकार तिर्थमणि भुसाल, एकिकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका अध्यक्ष जित वहादुर थापा, नेपाल कम्यूनिष्ट पार्टिका जिल्ला सदस्य विना थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका मुसिकोट नगर समिति अध्यक्ष विष्णु प्रसाद काफ्ले, ढोरपाटन नगर समिति अध्यक्ष विदुर पौडेल त्रिभुवन नमुना मावि खर्वाङका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष वेद प्रसाद पोखरेलले प्रगति तथा कोषाध्यक्ष दिपक गिरिले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा शिक्षक सेवा आयोगको परीक्षा वाट स्थायी हुन सफल बडिगाड भित्रका शिक्षकहरु तथा हालै निवृत्त भएका शिक्षकहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। परिषद्मा सभासद्हरुले स्थानिय सरकार र शिक्षकहरु विचमा सहि तालमेल हुन नसकेको, शिक्षकलाई हेर्ने दृष्टिकोण सहि नभएको, लगाएतको सवाल उठाएका थिए, भने शिक्षक संगठन लाई पेशागत सुरक्षा र संरक्षणमा थप शसक्त बन्न सुझाव दिएका थिए।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठनका बडिगाड गाउँ समिति अध्यक्ष वेद प्रसाद पोखरेलको अध्यक्षता, उपाध्यक्ष भविलाल बुढाको स्वागत मन्तव्य तथा सचिव यज्ञदत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।
फोटाः कार्यक्रमको झलक




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend