logo
  • मंगलबार, असोज १३ २०८३

डिभिजन प्रमुख डोटेल निर्माणाधिन खानेपानी निरिक्षण तथा अनुगमन गर्दै


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ असोज ५।
खानेपानी डिभिजन कार्यालय बागलुङको टोलीले सनिवार खर्वाङ दनिया सिमलचौर लिफ्टीङ खानेपानी आयोजनाको अनुगमन तथा निरिक्षण गरेको छ।
कार्यालयका प्रमुख प्रेम प्रसाद डोटेल, लेखा अधिकृत प्रेम बहादुर केसि, इञ्जिनियर सुर्य प्रसाद शर्मा, निर्माण व्यवसायी गिरिजा तिवारी सहितको टोलीले अनुगमत तथा निरिक्षण गरेको हो। बहुवर्षे योजना अन्तरगत प्रदेश सरकारको ८० प्रतिशत र स्थानिय उपभोक्ताको २० प्रतिशत लगानीमा सो खानेपानी योजना निर्माण हुन लागेको हो।
टोलीले निर्माणाधिन मुल ट्यांकी सहित ४ ओटा शाखा ट्यांकीहरुको समेत निरिक्षण गरेको थियो। सो परियोजनाको लागी गत वर्ष ९० लाखको काम सम्पन्न भएको थियो भने चालु वर्षको लागी १ करोड ४५ लाख विनियोजन भएको खानेपानी डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम प्रसाद डोटेलले जानकारी दिनुभएको छ। आर्थिक वर्ष २०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको र परियोजना सम्पन्न गर्दा ५ करोड खर्च हुने आयोजनाले जनाएको छ। चालु वर्षमा ५० प्रतिशत भन्दा वढि काम सम्पन्न भैसक्ने आयोजनाले जनाएको छ।

आयोजना सम्पन्न भएपछि स्थानिय ३ सय घर परिवार लाभान्वित हुने छन्। त्यस्तै खानेपानी डिभिजन कार्यालयको टोलीले गल्कोट नगरपालिका ११ रिघा फेँदैमा रहेको छरछरे खानेपानी आयोजनाको पनि निरिक्षण गरेको छ। सो आयोजना अन्तिम चरणमा पुगेको र २ महिना भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ। सो आयोजनावाट ५७ घरधुरी लाभान्वित हुनेछन्। सो अनुगमन तथा निरिक्षणमा वडा अध्यक्ष डम्बर श्रीस लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend