साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी असोज ४ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका सचिव भुवन भुसाल सम्मानित भएका छन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश पाँचद्वारा भुसाल सम्मानित भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश नं. पाँचको प्रथम प्रदेश अधिवेशन सम्पन्न गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदेशमै उत्कृष्ट जिल्ला सचिवको भुसाललाई सम्मान गरिएको प्रतिष्ठान प्रदेश पाँचले जानकारी दिएको छ । भुसाललाई नगद र सम्मान पत्रले सम्मान गरिएको थियो ।
भुसाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको सदस्य, सह–सचिव हुँदै गएको साउन २५ गते भएको जिल्लाको छैठौं अधिवेशनबाट सचिव पदमा निर्वाचित भएका थिए । भुसाल जिल्लाका चर्चित उद्धघोषक तथा सञ्चारकर्मी समेत हुन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष बद्री पंगेनी सहितको उपस्थितीमा भएको भव्य प्रदेश प्रथम अधिवेशनमा सम्मानित भएको भन्दै सचिव भुसालले प्रतिष्ठान प्रति आफु झन बढि जिम्मेवार र ऋणि भएको बताए । उनले समाजिक सञ्जाल फेसबुक मार्फत सम्मान गर्नुहुने प्रति आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका छन । रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend