साझा नेटवर्क
शिवलाल सुवेदी, गुल्मी असोज ३ ।
मुलुकमा सविधान जारी भएको दिन । देशभर धुमधानका साथ सविधान दिवश मनाइएको छ । तर गुल्मीमा भने पुरानै शैलीमा सविधान दिवस मनाइएको छ । जिल्लामा कुनै रचनात्मक र जनताहरुले सविधान जारी भएको दिन भनेर सम्झना गर्नेगरि कुनै कार्यक्रम हुन सकेनन ।

लामो समयदेखि गरिदै आएको वजार परिक्रमा सगै सानो मञ्चको कार्यक्रम गरि गुल्मीमा सविधान दिवस मनाइएको छ । यसरी पुरानै शैलीमा सविधान दिवन मनाइरहदाँ गुल्मीमा केही सर्वसाधारणहरुले त सविधान दिवशको समेत जानकारी नपाएको गुनासो गरेका छन ।

यस्तै जिल्ला समन्वय समिती गुल्मीमा प्रमुख लक्ष्मण पराजुलीले पनि यो राष्ट्रिय दिवस भएको र मुलुकमा सविधान जारी भएको दिनलाई विशेष रुपले मनाउनु पर्ने नै भएको बताए । सविधानको वारेमा जनस्तरसम्म पु¥याउन हामी जनप्रतिनिधीहरु सगै राजनितीक दलले नसकेका कारण जनतामा सविधानको महत्व र चासो कमी भएको देखिन्छ ।
पराजुली भन्छन“यस कारण जनतामा उत्साह नभएकाले पनि सामान्य पुरानै शैलीमा जिल्लामा सविधान दिवश मनाएका हौ ।” उनले राजनितीक दलको मुख्य भुमिका हुनुपर्ने जोड दिए । संविधान दिवस मनाउने पुरानै कार्यशैलीप्रति समन्यव प्रमुख आफै पनि सन्तुष्ट नभएको बताए ।
दिवस मनाउने शैली परिवर्तन गर्नुपर्छ भन्ने लागेको थियो उनले अगाडि भने “जिल्लाको सदरमुकाम तम्घासमा उपलब्ध जनप्रतिनिधी,कार्यालय प्रमुख, सुरक्षा निकाय, नागरिक, समाज, उद्योग वाणिञ्य सघं लगायतका सघंसस्थहरुसगै ब्यक्तिहरुको सल्लाहमा पुरानै शैलीमा सविधान दिवश मनाएको बताए । आगामि बर्ष धुमधामका साथ सविधान दिवश मनाउने उनको भनाई रहेको छ ।
यता प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पनि जनप्रतिनिधी र स्थानीय सरकाले बढी चासो राखेर सविधान दिवस मनाउनु पर्ने बताए । हामीले सरकारी कर्मचारीहो क्षेत्रवाट सविधान दिवस मनाउने कुरामा कुनै कमि राखेका छैनौ प्रजिअ पौडेल भन्छन, “स्थानीय सरकार जनप्रतिनिधिको काँधमा आएकाले नागरिकहरुको बढीभन्दा बढी सहभागी गराउनुपर्छ ।”
उनका अनुसार संविधान दिवस सवै नागरिकको हो भन्ने बुझाउन प्रमुख त राजनितीक दलको सक्रियता हुनुपर्ने भनाई पौडेललको रहेको छ । जिल्लाका स्थानीय सरकारहरुले पनि आफ्ना आफ्ना स्थानीय तहमा पुरानै शैलीमा दिवस मनाएका छन । स्थानीय तहहरुले पनि सरसफाई, प्रभातफेरि, ,दिपावली र मञ्चका कार्यक्रमहरु गरि सविधान दिवसलाइ पुरानै शैलीमा औपचारिकतामै सीमित गरि मनाएका हुन ।
सवै स्थानीय तहमा शुक्रवार मनाइएको सविधान दिवसका कार्यक्रमहरुमा सर्वसाधारणहरुको उपस्थिति न्यून देखिएको छ । सदरमुकाम तम्घासमा पनि सविधान दिवस मनाउने विभिन्न कार्यक्रमहरुमा नागरिकहरुको कम उपस्थिती रहेको थियो ।
सरकारी कायाृल्यका कर्मचारी, शिक्षक, र केही जनप्रतिनिधीहरु वाहेक कार्यक्रममा अन्य को खासै उपस्थिती थिएनन । जिल्लामा जिल्ला समन्वय समिती प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षतामा सविधान दिवस मुल समारोह समिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend