साझा नेटवर्क
शिवानी श्रेष्ठ, काठमाडौं असोज १ ।
ह्युमनिटेरियन मिसन क्यानाडाले २०१९ को ह्युमनिटेरियन हिरो अवार्डबाट युवा समाजसेवी राजेन्द्र गौतमलाई सम्मान गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मिसनले शिक्षा, स्वास्थ र प्रकोप व्यवस्थापनको क्षेत्रमा गौतमको भूमिका असाधारण रहेको कारण सम्मान गर्न लागिएको जनाएको हो ।

सत्र बर्षको उमेर देखी सामाजिक अभियानमा संघषशिल गौतमले नेपालका बिकट जिल्लाका बालबालिकालाई शैक्षिक छात्रब्रिती प्रदान, बिभिन्न दैबी प्रकोपमा राहात तथा उद्दार एवम भुकम्पबाट क्षतीग्रस्त बिधालय पुनर्निर्माणमा अतुलनिय योगदान गरेको मिसनले जनाएको छ ।
अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको प्रमुख समेत रहेका गौतम आधा दर्जन बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान प्राप्त ब्यक्तित्व हुन भने पिस म्युजियम कोलोराडो अमेरिकाले २०१९ को पिस हिरो बाट समेत गत फेब्रुअरीमा गौतमलाई सम्मान गरेको थियो ।
दिगो विकास लक्ष्य २०३० प्राप्तीका निम्ती गौतमले हालै प्रोजेक्ट झोला अभियान सन्चालन गरी रहेको र २०३० सम्ममा बिकट जिल्लाका १००,००० बालबालिकाको हातमा झोला पुर्याउने अभियानमा रहेको तथा नेपालका सात वटै प्रदेशमा मोबाईल मेडिकल यूनिट सन्चालनका निम्ती अभ्यास गरीरहेको मिसनले जनाएको छ । गौतमले कदर पत्र र ५००० (पाँच हजार) क्यानाडियन डलर प्राप्त गर्नेछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend