साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी असोज १ ।
इवन मेडिकल काठमाडौले मनकामना पुजा समिति इस्मालाई यो वर्षपनि टिसर्ट सहयोग गर्ने भएको छ । यो मेडिकलले तीन वर्षदेखि समितिलाई विभिन्न सहयोग गर्दै आएको छ ।

२०७४ सालमा पालो लाग्ने टोकन, ०७५ सालमा ब्रामण र पुजारीहरुलाई २० वटा टिसर्ट प्रदान गरेको मेडिकलका ब्यावस्थापक खिमराज अधिकारीले बताए । सहयोगलाई निरन्तरता दिन यो वर्ष पनि २० वटा टिसर्ट प्रदान गर्ने अधिकारीले बताए । इवन मेडिकलले वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको छ ।

इस्मा कोतमा दशैमा नौ दिन पुजा हुने गरेको छ । नव दुर्गाको पाँच दिन इस्मा कोतमा र मन्दिरहरुमा बिशेष मेला लाग्ने गरेको छ । फुलपातीको दिन इस्माकोतमा इस्मा रजस्थलको चाँपटारीबाट ल्याइएको फुलपाती कोत घरमा भित्राउने चलन रहेको छ ।
फुलपाती भित्राउनु अघि इस्मा मैदानमा परम्परागत पट्टा नाच खेल्ने, मालश्री गाउने र नेपाली सेनाको टोलीले सलामी अर्पण गर्ने गर्दछन् । त्यसपछि मैदानकै खडग मन्दिरमा रहेका देवतालाई बाजागाजाका साथ माथी कोतघरमा भित्राइने गर्दछ ।
प्रसिद्ध ऐतिहासिक, प्राचिन तथा धार्मिक स्थल इस्माकोतमा आश्विन शुक्ल प्रतिपदाका दिनदेखि बिजया दशमीको दिनसम्म तीन जना ब्राहमण, दुई जना क्षेत्री पुजारी कोत घरमा पस्ने प्रचलन रहेको छ । नौ दिनसम्म बेद, तथा चण्डी पाठ गर्ने र बिहान बेलुका पञ्चेवाजाका साथ दर्शनी बडाई गर्ने गरिन्छ ।
कोतघरमा सप्तमी, महाअष्टमी र महा नबमीमा बिशेष मेला लाग्ने गर्दछ । भने बिजया दशमीका दिन बिहान फुलपातीका दिन कोतघरमा लगिएका खड्ग देवतालाई पुन इस्मा मैदान ल्याएर सडग मन्दिरमा राखेपछि दशै सकिने लामो समयदेखि पुजा व्यावस्थापन गरिरहनु भएका जानकार राम बहादुर बिष्टले बताए ।
एकादशीका दिन इस्मा मैदानमा सरायँ नाच देखाइन्छ । इस्मा क्षेत्रका माई मनकामना, उल्का, सिद्ध, काल भैरव, छत्रभुमि, सुन्तलादेवि, सुपा देउराली लगायतका स्थानमा दशै अवधिमा पुजा हुने गर्दछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend