साझा नेटवर्क
साझा नेटवर्क, बुटवल असोज १।
संखुवासभाको खादबारीबाट २ जना बिरामी बोकेर अस्पताल जाँदै गरेको जिप अक्कर भिरबाट अरुण नदीमा खसेको छ ।
को १ ज ३७४९ नम्बरको जिप मंगलबार राति ११ बजे धर्मदेवी नगरपालिकास्थित अक्करको भिरबाट अरुण नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिपमा सवार ६ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी रहेको नगरप्रमुख रमेशकुमार जिमीले बताउनुभयो ।रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend