logo
  • शुक्रबार, असोज ९ २०८३

सवारी दुर्घटना न्यूनिकरण गर्न चालकहरुलाई अभिमुखिकरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी श्रावण ६।
सवारी चालकहरुका लागी एक दिने सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण सदरमुकाम तम्घासमा सम्पन्न भएको छ । गुल्मीका सरकारी कार्यालयका सवारी चालक र निजि तथा सर्वाजनिक सवारी साधनका चालकहरुलाई विभिन्न बिषयमा प्रशिक्षण दिइएको थियो ।
13814589_1122002757865090_1218433190_nपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय वुटवलमा प्रहरी उपरिक्षक प्रकाश अधिकारीले चालकहरुलाई बढ्दो सवारी दुर्घटना न्यूनिकरण कसरी घटाउने भन्ने बिषयमा जानकारी दिनुभएको थियो । असल चालकका गुण, लाइट सम्बन्धि ज्ञान, सवारी साधन रोक्ने तथा पार्किङ्ग गर्ने तरिका, ओभरटयाक गर्ने तरिका, ट्राफिक चिन्ह, सवारी ऐन लगायतका बिषयमा प्रहरी उपरिक्षक अधिकारीले जानकारी गराउनुभएको थियो । प्रशिक्षणको क्रममा उहाँले नेपाल ८५ प्रतिशत दुर्घटना सवारी चालकका कारण हुने भएकाले अत्यन्तै संवेदनशिल हुन चालकहरुलाई आग्रह गर्नुभयो ।

सवारी साधन स्पिड हुँदा, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, ओभर लोड हुँदा, मौषम प्रतिकुल र अप्ठ्यारो सडक हुँदा सवारी दुर्घटना हुन्छ भन्ने चालक आफैलाई थाहा हुँदा हुँदै पनि वेवास्था गरेका कारण दुर्घटना हुने उपरिक्षक अधिकारीले बताउनुभयो । उहाँले चालक एक नम्बरे, २ नम्बरे र तीन नम्बरे गरेर ३ प्रकारका हुने बताउनुभयो । जुन ठाउँमा पनि लैजान सक्छु, अरु भन्दा छिटो दौडन्छु भन्ने एक नम्बरे चालकहरुको मृत्यु भैसकेको, दुई नम्बरे चालकहरु जीवन र मृत्युको दोसाँदमा अस्पतालमा रहेको र तीन नम्बरे चालक प्रशिक्षणमा भएको रोचक प्रसंग प्रस्तुत गर्नुभयो ।

उहाँका अनुसार पश्चिमाञ्चलमा पक्की सड्क ३ प्रतिशत, पक्की र कच्ची सड्क मात्र उपयुक्त रहेको छ । कार्याक्रममा पश्चिम नेपाल बस व्यावसायी समितिका पदाधिकारी तथा चालक, गुल्मी यातायात व्यावसायी समितिका पदाधिकारी र चालक, रेसुंगा मिनी माइक्रो यातायात व्यावसायी समितिका पदाधिकारी र चालक, जिल्लाका सरकारी कार्यालयका सवारी चालकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा गुल्मी जिल्लाको सवारी दुर्घटना र ट्राफिक व्यावस्थापनको बारेमा जानकारी गराईएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मी प्रहरी उपरिक्षक भोला रावल, ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख प्रेम श्रेष्ट लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend