साझा नेटवर्क
दिपक खनाल, अर्घाखाँची भदौ २९ ।
५५ औ बाल दिवसको अवरमा श्री ज्ञान प्रकाश माध्यामिक विधालय स.न.पा. १२ सल्लिकोट अर्घाखाँचीमा विविध अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएका छन् । जस अन्तर्गत कक्षा ९-१२ सम्म छात्रा तर्फ कबडी प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा कक्षा ११ र १२ को समूह प्रथम भएको थियो भने कक्षा ९ को टिम दोश्रो भएको थियो । विधालयका खेल शिक्षक दुर्गा प्रसाद बस्यालले अम्पाएरको भुमिका निर्वाह गर्नु भएको थियो । त्यस्तै आधारभुत तहतर्फ कक्षा ६-८ मा सदन स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको थियो ।

जस्मा मेन्डेलिभ सदन प्रथम तथा आइन्स्टाइन सदन दोश्रो भएको थियो ।प्रतियोगिता विधालयका अतिरिक्त कृयाकलाप संयोजक नारायण बहादुर क्षेत्रीको अध्यक्षता, विधालयका प्रधानाध्यापक सुर्य बहादुर खनालको प्रमुख आतिथ्यता र विधालयका शिक्षक चिरन्जिवी भुसालको संचालनमा सम्पन्न भएको थियो ।
त्यस्तै आधारभुत तह तर्फ कक्षा १-५ मा कक्षागत रुपमा कुर्चि दौड प्रतियोगिता खेल सम्पन्न भएको थियो । जस्मा कक्षा ५ का सुजन कुवर प्रथम, आशिष् श्रेष्ठ द्वतिय र एलिजा भुसाल तृतिय भएकी थिइन।
सबै प्रतियोगितालाई सम्बोधन गर्दै विधालय प्रअ सुर्य बहादुर खनालले अतिरिक्त क्रियाकलाप पनि शिक्षण सिकाइको एउटा अभिन्न अङ्ग भएको कुरा बताउदै सबै बालबालिकालाई बालदिवसको शुभकामना समेत दिनुभएको थियो ।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend