साझा नेटवर्क
??
अनिश शर्मा गैरे, गुल्मी भदौ २९ ।
सामुदायिक रेडियो पुष्पाञ्जलीले आफ्नो भवन निर्माण कार्य सम्पन्न गरेको छ । गुल्मीको मुसिकोट नगरपालिका ७ वामी बसपार्कमा रहेको भाडाको घरबाट सोही वडाकै पल्टारमा रेडियोले आफ्नै भवन निर्माणकार्य सम्पन्न गर्दै आफ्नै निजि भवनबाट प्रशारण पनि सुरु गरेको छ ।

रेडियोको लागि भवन निर्माण गर्न रेडियोकै सञ्चालक समिति सदस्य अर्जुन सापकोटा तथा बुवा गोबिन्द सापकोटाले जग्गा प्रदान गर्नुभएको थियो । सोही जग्गामा रेडियोले भवन निर्माण गरेको हो । सो भवन निर्माणको शिलन्यास मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले गर्नुभएको थियो । भने भवन निर्माणको जिम्मा गन बहादुर श्रीस र राम बहादुर गोतामेलाइ प्रदान गरिएको थियो ।
रेडियोले आफ्नै व्यवस्थित टावर पनि बनाएको छ । हालसम्म सामान्य फलामे पाइपमा उपकरण जडान गरि सञ्चालीत रेडियोले हाल व्यवस्थित टावर बनाएको हो । सो टावर बनाउने जिम्मा स्थानीय कमल थापाले लिनुभएको थियो ।
भवन निर्माणकोे लागि मुसिकोट नगरपालिकाले एक लाख रुपैया सहयोग गरेको थियो । भने अन्य श्रोत रेडियो आफैले जुटाएको हो । आयव्याय विवरण केही समयमा सार्वजनिक गरिने रेडियोका अध्यक्ष सुदर्शन शाक्यले बताउनुभयो । केही दिन पछि भवनको उद्घाटन पनि गरिने उहाँले बताउनुभयो ।
सर्यनारायण सञ्चार अभियान द्धारा सञ्चालित सामुदायिक रेडियो पुष्पाञ्जली गुल्मीको ग्रामिण भेगबाट २०७० साल जेठ २८ गते परिक्षण प्रशारण सुरु गरी सोही बर्षकै भदौ १ गतेबाट नियमित प्रशारण सुरु गरेको थियो ।
‘सुचना, सञ्चार, कृषि, पर्यटन विकास र समुन्नत समाज निर्माणको लागि’ सामुदायिक रेडियो पुष्पाञ्जली भन्ने नारा सहित स्थापित रेडियो नया भवनमा सरेसँगै यसको प्रशारण क्षेत्र पनि बढेको छ ।
गुल्मीको मुसिकोट नगरपालिका सहित, चन्द्रकोट गाँउपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, रेसुङ्गा नगरपालिका सहित बाग्लुङ्गको बडिगाड गाँउपालिका, ढोरपाटन नगरापालिका तथा गल्कोट नगरपालिका सहितका अधिकांश क्षेत्रमा स्पष्ट सुनिएको हाम्रा श्रोताहरुले जानकारी दिएका छन् ।
रेडियोे अव नया व्यवस्थापनका साथ नया कार्यक्रमहरु उत्पादन गर्दै अघि बढ्ने छ ।यसैबिच आफ्नै भवनबाट रेडियोले नियमित प्रशारण पनि सुरु गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend