साझा नेटवर्क
केशव चापागाई, काठमाडौ भदौ २८ ।
काठमाडौ स्थित परिवर्तनका आधार युवा जनशक्ति मञ्च नेपाल (बिसिएम) नेपालको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । चन्द्रागीरी नगरपालिकाको मच्छेगाउँमा रहेको मच्छेगाउँ होटल एण्ड रिसोर्टमा शनिबार सभा सम्पन्न भएको हो।

महिला रेस्लर फाउन्डेसन कि अध्यक्ष भगवती खड्काको विशेष आतिथ्यतामा बसेको सभामा सस्थाका अध्यक्ष रोहित कटुवालको अध्यक्षता रहेको थियोे । सस्थाका सचीव जित बहादुर खड्काले वार्षिक निति तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै सस्थाकी कोषा अध्यक्ष तारा राई (सुम्निमा)ले वार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

आर्थिक वर्ष २०७६ मा संस्थाको पुँजी ४४ हजार ५ सय ९७ रुपैयाँ पुगेको छ भने संस्थाले ४३ हजार ८ सय ४० खर्च विवरण पेश गरेको छ । उक्त प्रतिवेदनमा ७३९ रुपैयाँ खुदनाफामा रहेको देखाईएको छ । सस्थाको साधारणसभामा उपस्थित अतिथिहरुले शुभकामना दिदै बिसिएम नेपालले उठाएको विषय वस्तुलाई अन्तर्राष्ट्रिय स्तरमा कायम गर्नुपर्नेमा जोड दिएका छन ।
त्यस्तै सस्थाका अध्यक्ष कटुवालले सामाजिक कार्यमा सरकारले पनि कतिपय स्थानमा हस्तक्षेप गरेको आरोप लगाएका छन् । सूचना माग्न जादा उल्टै आफुलाई नै दोषी ठहरगर्दै तपाईहरुले जानकारी दिने हो निर्देश दिने होईन भन्दै धम्काउने गरेको उनको भनाई छ । हाल सम्म वैदेशिक रोजगारमा अलपत्र परेका २ सय ३० नेपाली कामदारलाई सकुल उद्घार गरेको र गत साउनमा चिनमाबाट ४४ जना श्रमशोषणमा परेका महिला कामदारलाई सरोकारवालाको सम्वनयमा उद्धार गरेको कार्यप्रतिबेदनमा उल्लेख छ ।
कार्यक्रममा सस्थालाई शुभकामना दिदै बक्ताहरुले परिवर्तन आफैमा जटिल कार्य भएकाले यसमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् । सभामा पत्रकार अर्जुन बिष्ट, समाजसेवी सरिता उप्रेती र सस्थाका सदस्य कृष्ण घिमिरेले विशेष वक्ताको रुपमा सस्थालाई शुभकामना दिएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend