logo
  • मंगलबार, असोज १३ २०८३

बाल दिवसको अवसरमा निशुल्क स्वस्थ्य शिविर


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी भदौ २८ ।
राष्ट्रिय बाल दिवसको अबसरमा गुल्मीमा निशुल्क स्वस्थ्य शिबिर गरिएको छ । जिल्लाको सदरमुकाम तम्घासमा दिवसको अवसरमा नेपाल बाल संगठन र जिल्ला बाल कल्याण समितिको आयोजनामा बृहद रुपमा निशुल्क स्वस्थ्य शिबिर गरिएको हो ।

दिवसको अबसरमा तम्घास स्थित बालमन्दिर प्राङगढमा निशुल्क रुपमा बालबालिकाको स्वास्थ्य जाँच गर्न शिबरि राखिएको थियो । जिल्ला सदरमुकाम तम्घासमा रहेका असाय एवं अन्य वालवालिकाहरुको स्वास्थ्य जाँच गर्ने उदेश्यले शिबिर राखिएको जिल्ला नेपाल बाल संगठन गुल्मीका अध्यक्ष नन्दराम भुसालले बताए ।

दिवसको अबसरमा एक दिन भएपनि केहि फरक तरिकाले बालबालिकाको लागि केहि गर्नु पर्छ भन्ने उदेश्यले शिबिर आयोजना गरिएको अध्यक्ष भुसालका भनाई छ । बिरामी परेर पनि स्वस्थ्य जाँच गराउन अस्पताल पनि पुग्न नसक्नेहरुको लागि लक्षित गरेर निशुल्क स्वस्थ्य शिबिर राखिएको अध्यक्ष भुसालले बताए ।

शिबिर १२ वर्ष मुनिका बालवालिकाहरु बिशेषज्ञ डाक्टरहरुले स्वास्थ्य जाँच गराएका थिए । शिबिरमा गुल्मी अस्पताल र रेसुङ्गा अस्पतालका ३ जना बिशेषज्ञ डक्टरहरु सहितका टोलिले बालवालिकाको स्वस्थ्य जाँच गराएका थिए । स्वास्थ्य शिबिरमा चेकजाँच गराउन तम्घासका बिभिन्न स्थानका बालबालिकाहरुको सहभागिता रहेको थियो ।

शिबिरबाट जटिल बिरामी बालबालिकाहरुको थप उपचारको लागि पनि गुल्मी अस्पतालमा उपचारको लागि व्यवस्था मिलाइएको थियो । शिबिरमा निशुल्क चेक जाँच गर्नुका साथै निशुल्क रुपमा औषधी पनि बितरण गरिएको थियो ।

शिबिरमा १ यस वढि कालबालिकाको स्वास्थ्य जाँच गराइएको गुल्मी अस्पतालबाट शिबिरमा खटिन भएका डक्टर अखण्ड उपाध्याय बताए । छाला,दात,रुघाखोकी लगायतका बिराम भएका बालबालिकाहरुको चेकजाँच गरिएको डक्टर उपाध्यायले बताए ।

नेपाल बाल संगठन गुल्मीले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ । संगठनले २ वर्षदेखि ४ वर्षसम्मका बालबालिकालाई पढाउने काम पनि गर्दै आएको छ । त्यसको लागि ४ जना शिक्षिकाहरुले पढाउदै आएका छन् ।

यस वर्ष ‘सुनिश्चत बाल अधिकारः समृद्ध नेपालको आधार भन्ने नारा तय गरिएको छ । दिवसको अबसरमा तम्घास बजारमा सरसफाई पनि गरिएको थियो । नेपाल बालसंगठन गुल्मीको आयोजनामा बिभिन्न सरोकारवालाहरुको सहभागितामा सरसफाइ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend