logo
  • मंगलबार, असोज १३ २०८३

व्यवसायीकाे लापरबाहिले निर्माण याेजना अलपत्र : मन्त्री ज्ञवाली


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पाेखरेल

गुल्मी भदौ २८ गते। परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले निर्माण व्यवसायीकाे लापरबाहिका कारण निर्माणका कामले गति लिन नसकेकाे बताएका छन् । जिल्लाकाे सत्यवती गाँउपालिका ६ मा निर्माणाधिन उल्लिखाेला पुलकाे अनुगमन गर्दै उनले यस्ताे बताएका हुन् ।

ठेक्का लामाे समयसम्म कामै नगरिकन राख्ने, एउटै व्यवसायीले धेरै ठाँउकाे जिम्मा लिने तर काम नगर्ने, विभिन्न बाहाना पारेर काम नगर्ने जस्ता निर्माण व्यवसायिका कारण याेजनाहरू समयमै सम्पन्न हुन नसकेकाे अाराेप लगाए ।
पाएकाे जिम्मामा काम नगरिकन बस्ने र अनेक बाहाना बनाएर तर्कन खाेज्नु राम्राे हाेइन ।

उनले भने,देश र जनताकाे हितलाई केन्द्रमा राखेर काम गर्नु उचित हुन्छ। निर्माण व्यवसायीमा ठुलाे समस्या भएकाे भन्दै त्यसलाई व्यवसायीहरूले गम्भीर रूपमा लिनुपर्ने उनले बताए । मन्त्री ज्ञवालीले व्यवसायीका पनि केही समस्या भए सरकार समाधान गर्न तयार रहेकाे तर अनेक बाहानामा जनतालाई दुख दिन नपाइने बताए ।

व्यवसायीकै कारण धेरै याेजना अलपत्र परे, जनताले दु:ख पाए । ज्ञवालीले भने,समयमै काम नगर्ने व्यवसायीलाई कारवाहि गर्छाै । समयमै काम नसक्ने निर्माण व्यवसायीकाे ठेक्का रद्द गर्ने र कम्पनी कालाे सुचिमा राख्ने पनि उनले बताए । भारतबाट पाइपबाट तेल ल्याउने, भेरी बंबई सिँचाई अायाेजना, विभिन्न विमानिस्थल, कालिगण्डकी करिडाेर लगायतका अायाेजनाहरू समयमै सम्पन्न भएकाेले चाहेमा समयमै काम गर्न सकिने उनले बताए ।

शनिबारदेखि जिल्लाकाे रूरू गाँउपालिका १ रिडीमा सुरू हुने धार्मिक महायज्ञकाे उद्घाटन गर्न मन्त्री ज्ञवाली गुल्मी अाएका हुन् । साेहि क्षेत्रका सासंद समेत रहेका मन्त्री ज्ञवालीले विभिन्न अायाेजनाकाे समेत अवलाेकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend