साझा नेटवर्क
कमल पौडेल, बागलुङ भदौ २७ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा संगठन कमिटि बडिगाड गाउँपालिका २, खर्वाङले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाली काग्रेसले झुक्काएर आफ्ना समर्थकलाई पार्टी प्रवेश भनेर प्रचार गरेको आरोप लगाएको छ।
पार्टीका वडा अध्यक्ष खगिश्वर अर्याल र सचिव फारम थापाले जारी गरेको प्रेस विज्ञप्तीमा राजनैतिक दल रोज्ने, समर्थन गर्ने व्यक्तिगत स्वतन्त्रताको कुरा भएको तर सामाजिक संस्थाको नाम वेचेर जवर्जस्त दल परिवर्तनको सुचना सम्प्रेसण गरेको भन्दै सो घटना प्रति ध्यानाकर्षण भएको जनाएको छ।
नेपाली काग्रेस जस्तो लोकतान्त्रिक भनिने पार्टीले व्यक्तिलाई झुक्काएर टिका लगाएर पार्टी प्रवेश भन्ने कुरा स्वभाविक नभएको भन्दै विज्ञप्तीमा सो घटनाको घोर भ्रत्सना गर्दै राजनैतिक र लोकतान्त्रीक संस्कार कायम राख्न ध्यानाकर्षण गराएको छ। साथै विज्ञप्तीमा पार्टीका शुभचिन्तकहरुलाई कुनै पनि भ्रममा नपर्न र अविचलित रुपमा तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह समेत गरेको छ।
त्यस्तै जागरण अभियानका क्रममा खर्वाङमा नेपाली काग्रेसमा प्रवेश गरेका भनिएका कृष्ण बहादुर राना, लेख बहादुर राना, निर्मला रानाले विज्ञप्ती जारी गर्दै आफूहरु नेपाली काग्रेसमा नगएको वरु राना समुहको बैठक भनेर आफूहरुलाई झुक्याइएको बताएका छन्।
नेपाली काग्रेसले जागरण अभियान अन्तरगत विहिवार खर्वाङमा प्रदेश निर्वाचन क्षेत्र स्तरीय भेला राखेको थियो। वडा अध्यक्ष पदको लागी मंसिर १४ गते हुने स्थानिय निर्वाचनको सन्दर्भमा राजनैतिक दलका कार्यक्रमले यस क्षेत्रमा तिव्रता पाएका छन्।
फोटोः दुवै विज्ञप्तीमा उल्लेखित हेर्नुस जस्ताको तस्तै


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend