साझा नेटवर्क
काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा चयन भएका छन ।
अजरबैजानमा सम्पन्न विश्व प्रेस काउन्सिलको सम्मेलनले श्रेष्ठलाई सर्वसम्मत महासचिव चयन गरेको हो। विश्व प्रेस काउन्सिलको अध्यक्षमा साइप्रसका प्रा.डा. सुले अकर, उपाध्यक्षमा अजरबैजानका सांसद अफ्लातुन अमासोभ र कोषध्यक्षमा टर्कीका तामेर अताबारुत निर्वाचित भएको आफ्नो फेसवुकमा स्टाटस राखेका छन ।
उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बंगलादेश, साइप्रस, म्यानमार लगायत देशका प्रेस काउन्सीलको प्रतिनिधित्व थियो ।
कार्यवाहक अध्यक्ष श्रेष्ठले फेसबुकमा स्टाटस लेख्दै आफू महासचिवमा सर्वसम्मत निर्वाचित भएको जानकारी दिएका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend