logo
  • मंगलबार, असोज १३ २०८३

नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगजनी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क, बुटवल भदौ २६ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पहाडी क्षेत्र मानिने नवलपरासीको दाउन्नेमा यात्रुवाहक बसमा आगजनी भएको छ । गत राती महेन्द्रनगरबाट काठमाडौंको लागि छुटेको ना ६ ख ८४५६ नम्बरको यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगलागी किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका ४ मा पर्ने खुर्सानीखोलामा गाडिमा आगलागी भएको जानकारी आएपछि बिहान ५ बजे प्रहरीले दमकल लगेर आगो नियन्त्रणमा लिएको थियो ।

‘बस बिग्रेको र उक्त बसमा रहेकाे यात्रुलाई अर्को गाडीमा हालेर काठमाडौं पठाइएपछि बिहानीपख आगलागी भएको बुझिएको छ, चालक र सहचालक पनि फरार रहेकोले उनीहरूलाई झिकाइँदै छ, अनुसन्धान बाट मात्रै घटनाबारे तथ्य फेला पर्छ” नवलपरासीका ट्राफिक प्रहरी प्रमुख एसपी लालमनी आचार्यले टेलिफोन मार्फत बताए ।

आगजनीबाट मानवीय कुनै क्षति नभएको, आगजनी कसले किन गर्‍याे भन्ने खुल्न नसकेको र घटनामा संलग्नहरूको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend