logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीका नयाँ प्रहरी प्रमुख राजेन्द्रसिंह खड्का


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी भदौ २५ ।
गुल्मीमा सरुवा भई आएका नयाँ प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र सिंहले पत्रकारसँग भेटघाट सम्पन्न गरेका छन् । प्रहरी उपरिक्षक खड्काले बुधवार जिल्ल सदरमुकाम तम्घास स्थित कार्यालयमा जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुसँग परिचयात्मक एवं अन्तक्रिया कार्यक्रम आयोजना गरेका हुन् ।

यस अघिका प्रहरी उपरिक्षक दिपककुमार बस्नेतको सरुवा भएर सोमबार मात्रै गुल्मी आएका खड्का सुरुमै जिल्लाका पत्रकारहरुसँग भेट गरेका हुन् । उनले जिल्लाको बारेमा पत्रकारहरुसँग जानकारी लिदै सहकार्य गरेर अगाडी बढ्ने बताएका थिए ।

प्रहरीले सेवा प्रदान गर्ने सवालमा पिडितमैत्री, लैङ्गिकतामैत्री वातावरणमा सेवाप्रवाह गरिने बताए । उनले जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने सवालमा सबैसँग हातेमालो गरेर अगाडी बढने बताए ।

उनले पत्रकारहरु र प्रहरीको सम्बन्ध नजिक रहेकाले सकरात्मक कदमको लागि सधै सुझाब सल्लाह दिन आग्रह गरे । पत्रकारहरुले प्रहरी दिनुपर्ने सुचना छिटो छरितो र सहज रुपमा प्रदान गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend