logo
  • मंगलबार, असोज १३ २०८३

गाँउपालिका अध्यक्षद्धारा हाँजिरीमा रोक


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्यार अलि खाँन,प्यूठान भदौ २४ ।

ऐरावती गाँउपालिकाका अध्यक्ष नविलविक्रम शाहले प्रमुख प्रमुख प्रशासकिय अधिकृतको हाँजिरिमा रोक लगाएका छन् । सामाजिक विकास मन्त्रालय सुर्खेतबाट सरुवा तथा रवाना पत्र लिई नयाँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा मनिराम खराल ऐरावती गाँउपालिकामा आएका हुन् । सरुवा भई आएका खराल दुई दिन देखि कार्यालयमा हाजिर हुन सकेका छैनन् ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा साउन १७ गतेको निर्णय अनुसार नै गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुनसेन वलीको महाकाली नगरपालिका दार्चुलामा सरुवा भैसकेको छ । म.ले.प.र आ.ले.प.को काममकाज नसकिएको र वलीको आधिकारिक सरुवा पत्र आफु कहाँ नआएकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत खराललाई हाँजिरीमा रोक लगाईएको गाँउपालिकाका अध्यक्ष नविलविक्रम शाहले बताए । “वलीको रवाना भएको छैन् ।” अध्यक्ष शाहले भने, “नयाँले हाजिर हुन पाँउ भनि निवेदन दिएका छैनन् । “रवाना पत्र अध्यक्षको कार्यकक्षमा पेश गरिसेको तर उहाँले हेर्नुभएको छैन् ।” खरालले भने, “अध्यक्षले केहीदिन छलफल पश्चात् निर्णयमा पुगौला भन्नुभएको छ ।”

उता गाँउपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले भने नियम अनुसार रमाना पत्र लिएर आएका कर्मचारीप्रति सहज वातावरण बनाईदिने जिम्मेवारी जनप्रतिनिधिहरुको भएको प्रतिक्रिया दिएका छन् । “अर्जुनसेन सरको सरुवा पत्र हामीकहाँ आईसकेको छ ।” उपाध्यक्ष बस्नेतले भने, “निमित्त प्रमुख प्रशासकिय अधिकृतको भरमा पालिका चल्न सक्दैन, हामी कर्मचारीका विषयमा आरोप–प्रत्यारोपमा मुछिनु उचित छैन् ।”

”

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend