logo
  • मंगलबार, असोज १३ २०८३

सिसीटिभी जडान गर्न बैंकले गरे सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गुल्मी भदौ २३ ।
गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसीटिभी क्यामरा जडान गर्न बैंकहरुले आर्थिक सहयोग गरेका छन् । बजारका अति संबेदनशिल स्थानमा सिसीटिभी जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेका ५ वटा बैंकहरुले एकैपटक आर्थिक सहयोग गरेका छन् ।

सिसीटिभी जडान गर्न सदरमुकाम तम्घासमा रहेको ग्लोवल आईएमई बैंक, प्रभू बैंक, मेघा बैंक, नेपाल एसबी आई बैंक, मुक्तिनाथ बैंकले आर्थिक सहयोग गरेका हुन् । बैंकहरुमध्ये ४ वटा बैंकहरुले २५ हजारका दरले र एउटा बैंकले १० हजार गरि १ लाख दश हजारको चेक गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई बैंकका जिल्ला शाखा प्रमुखहरुले चेक हस्तातरण गरेको ग्लोबल आईएमई बैंकका तम्घास शाखा प्रमुख योगेन्द्र रायमाझीले बताए ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउने उदेश्यले सिसीटिभी क्यामरा जडान गर्न थलनी भइरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । क्यामरा जडानको लागि जिल्ला प्रशासनको अगुवाईमा बिभिन्न संघ संस्थाको सक्रियतामा जडान कार्य भइरहेको छ ।

हाल बजारका अति शंबेदनशिल स्थानका ८ वटा ठाउँमा जडान भएको छ । बजारका बिभिन्न २५ वटा स्थानमा राख्नको निम्ति आर्थिक शंकलन कार्य गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । त्यसको निम्ति सदरमुकाम तम्घासमा रहेका ४५ वटा बैक तथा बिभिन्न बित्तिय संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

संस्थाहरुले प्रतिबद्धता जनाएका अनुसार बैंकहरु २५ हजारका दरले र अन्य संघ संस्थाले संस्थाको अबस्था हेरिकन सहयोग गर्ने क्रम चलिरहेको छ । सिसीटिभी जडान गर्न झण्डै १ दर्जन बैंकहरुले सहयोग गरिसकेका छन् । बजार क्षेत्रमा सिसी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थालाई सहयोग पुराउने उदेश्य राखिएको छ ।

सिसीटिभी क्यामरा जडानले अपारध नियन्त्रणमा सहयोग पुग्ने र व्यवसायीहरुले आफना व्यवसाय गर्न ढुक्कसँग गर्न पाउने व्यवस्थालाई मिलाउन सहयोग गर्ने प्रशासकीय अधिकृत पाण्डेयले बताए । क्यामरा जडानको लागि आर्थिक संकलन सुरुवात भइरहेको र संकलित आर्थिक रकमबाट छिट्टै जडान गरिने पौडेलले बताए ।

बजारका केहि स्थानमा जडान भएका सिसीटिभी क्यामराको प्रदेश नम्बर ५ का मुख्यन्त्री शंकर पोखरेलले नियन्त्रण कक्षको उद्घाटन गरेका थिए । हाल जडान भएका सिसि क्यामराबाट प्रहरीलाई बजारका बिभिन्न गतिबिधी हेर्न र लिनको निम्ति अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउन सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend