साझा नेटवर्क
साझा नेटवर्क , गुल्मी भदौ १९ l
आज भन्दा करिब ४५ बर्ष पुरानो मौलिक झ्याउरे भाका लिएर आएका छन् गायक जित थापा मगर l आफु लामो समय देखि प्रदेशी जिबन बिताए पनि आफ्नो गाउ ठाउ र रिति रिवाजको सम्मान गर्दै आफ्नो बालापनको सम्झना गर्दै “चलेको रिति ” नामक भाका लिएर आएका छन् l यो भाका बिशेष गरि बाग्लुङ्ग र गुल्मी लगाएत सोहि भेगमा गाइने भाका हो l
अविरल फिल्म्सको बजार ब्यबस्थापनमा बजारमा सार्बजनिक गीतमा जित थापा मगर, हरिमाया पुन काउचा को स्वर रहेको छ भने जित थापा मगरकै लय तथा सब्द रहेको छ l अविरल फिल्मले दृश्य निर्माण गरेको भिडियो को निर्देशन छायांकन तथा सम्पादन बिष्णु भट्टराईले गरेका छन् भने श्रीन्गार सगुन शर्माको रहेको छ l सुनिता गुरुङको कोरियोग्राफी रहेको भिडियोमा कुसुम गुरुङ र हस्त थापाको अभिनय रहेको छ हेरौ सार्बजनिक भिडियो
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend