साझा नेटवर्क
-सज्जन ढकाल ।
सामाजिक सञ्जाल फेसबुकमा लाइक कमेन्ट र सेयर मनग्य मात्रमा आउने ठूलो कुरा होकि ? समसामयिक विषय संगै यस प्लेट फर्ममा सान्दर्भिक कुरा प्रस्तुत गर्नु यसले दिएको फाइदा हो ? कतिपयले लाइक र कमेन्टकै भरमा आफुले आफैलाई सर्वस्व सम्झन्छ्न तर तिनिहरु कसरी सन्जालको रङ्गिन (वाल) भित्ता रङ्गाइ रहन्छ्न, त्यो अर्को महत्त्वपूर्ण विषय हो ।

त्यसैले हामी यस्तो परिधि र धरातलमा पौडी खेल्दै गर्दा बटुल्ने सकारात्मक र नकारात्मक सन्देसले हाम्रो समाजमा कस्तो प्रतिगामी असर पारी रहेको छ । क्षितिज पारी एकान्त बस्तीबाट नियाल्दा कस्तो प्रतिबिम्ब देखिन्छ ? सोच्नु पर्ने परिस्थिति पैदा भएको पाइन्छ।
लाइक र कमेन्ट बढी छ भन्दैमा जनताको प्यारो बनिने हो कि ? समाज लक्षित सकारात्मक कामको फ्लोअपले हो ? या सत्य यथार्थ वास्तविक जनभावना अनुरुपका विषय बस्तु प्रस्तुती सामाजिक सञ्जालमा प्रेशणको आम जनमानसमा पर्ने प्रभावले हो ? बदलिदो समाज र समय अनुसार हामी सबै बदलिनु आवस्यक छ ।
किनकी पुरातन समाज र समयमै रमाउने हो भने रेडियो नेपाल आज कस्ले सुन्छ ? आज भोलि हुलाकमा कस्ले चिठी स्वदेस तथा बिदेस पठाउछ ? भन्दै गर्दा त्यो सरकारि परिपाटी हराइ सकेको छ भन्न खोजेको पनि होइन, नयाँ पुस्ता नयाँ प्रबिधी सङ्ग रमेको छ । आजको विश्व एक स्मार्ट फोनमा देख्न सकिने भएको छ, विश्व नियालेको छ । त्यसैको पछि एक पुरानो पुस्ता आखामा चस्मा लगाउदै त्यही प्रबिधी तर्फ अग्रसर हुँदै गर्दा यसको प्रभाव र मापनको आवस्यक देखिन्छ ।
व्यापारीक प्रचार र व्यवहारिक तथा व्यक्तिगत भावना प्रकट गर्ने माध्यम बनेका छन । राजनितीको गति र विरोध, समर्थन वर्तमानका निकै लोकप्रिय सामाजिक सञ्जालहरु यिनिहरुको प्रभाव समाज विकासको लागि होकि विकृती विसङ्गती पैदा गर्नको लागि ? खाली समय बिताउनका लागि ? यसमा चासो दिनु पर्ने देखिन्छ ।
फाइदा सङ्गै बेफाइदा सबैका हुन्छ्न । प्रयोग कसरी गर्छन र कसरी मनन गर्छन भन्ने विषय ठूलो कुरा हो । फेसबुक, इमो, भाइबर, लाइन, टुइटर, इन्स्ट्राग्राम र टिकटक, यसैमा आज तीन अरव विस्वका मानिसहरु रमिरहेका छन । समाजिक सञ्जाल प्रयोग कर्ताहरुलाई श्रेणिमा राखेर हामी अध्ययन अनुसन्धान गर्न सकिन्छ ।
अर्को अर्थमा औल्याउँदै गर्दा छुट्टै तीन अरव जनसंख्या भएको राज्यको परिकल्पना पनि गर्न सकिन्छ । किनकी यस्ता तथ्यांक नियाल्दै गर्दा १५ देखि ४० वर्षसम्मका उर्जावान क्षमताका विविध व्यक्तिहरु देखिन्छन, त्यसैले यो विस्वको एक अदभुत पावर तथा शक्ति केन्द्र देखिन्छ ।
जमना र समय अनुसार हामी सबै चल्न सिक्नु पर्दछ । यो समयको मागसँगै प्रबिधिले निर्धारण गरिदिएको स्वस्थ पुर्ण पथप्रदशक हो । त्यसैले राज्यले यस क्षेत्रमा जनशक्ति निर्धारण गर्न सक्नु पर्दछ । होइन भने कुनै समयमा जटिल परिस्थिति आउन नसक्ने पनि होइन । किनकी आज हामी आफ्नो भावना सामाजिक सञ्जालमा प्रकट गर्दैगर्दा पहिला हाम्रो समाजको इतिहास हेरौं, चौतारामा जम्मा भएर गफमा सिमित हुन्थ्यो ।
त्यही गफ, भलाकुसारी, पक्ष विपक्षका तर्कहरुको प्रकट गर्ने माध्यम आज समय फेरिएर सामाजिक सञ्जालहरुमा आएको हो । अन्य केही होइन किनकी आज सन्जालमा आ-आफ्ना भावना पक्ष विपक्षका मत मतान्तर प्रकट गर्दै लडाइ लड्न थालिएको हो । यसमा कुनै दुइमत छैन ।
सकारात्मक भन्दा पनि नकारात्मक सन्देशको पछाडी ठूलो भिड देखिन्छ । हामी देख्छौ, सञ्जालमा सकारात्मक भन्दा नकारात्मक अस्लिल विषयबस्तुहरु धेरैको आखामा गड्नुको सट्टा धेरै चर्चा बटुलेको पाइन्छ । आखिर यस्तो किन ? यहाँ नीर प्रस्न चिन्ह खडा गर्ने समय आइसकेको छ । सन्जालमा नकारात्मक विषय कस्ले कस्तो प्रवृत्ति र चरित्र भएकाले प्रयोग गर्छन भन्ने विषय यहाँ नीर विश्लेषण गर्नु जरुरी देखिन्छ ।
राज्यसत्ता कायपलट देखि निर्वाचन समयमा पनि विस्वका धेरै मुलुकहरुमा यस्ले नराम्रो परिणाम देखाइ सकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समाजिक सन्जाल टुइटरको अद्भुत प्रगोग गरेको पाइन्छ । किनकी उनले कुनै पनि विषय समाजिक सञ्जालबाट सार्वजनिक गर्दै आइरहेका छन । यो आ-आफ्नो बिचार विषय र सोचाइको फरक पाटो पनि हुनसक्छ ।
समाजिक सञ्जालबाटै कति कलाकार, कति सेलिब्रेटी, होरोइन, भन्दै रातारात चर्चाको सिखरमा आइरहेका छन । न्यून वर्ग दु:खि गरिवका दिनहरु फेरिएका छन । उपचारको अभावमा थलिएका दुरदराजका जनताले पिडाको घाउमा मलम पाएका छन । यो सुखद विषय हो । कतिपय अभियान्ताहरु आज सामाजिक सञ्जाललाई नै मुख्य पाटो मान्दै यसैको प्रयोग गर्दै समाजिक कार्यमा लागिरहेका छन ।
सबैलाई सुसुचित गर्न सजिलो छ, सम्पर्कमा ल्याउन सहज छ । किनकी दुरिको हिसावमा जहाँ भएपनि विचार विमर्समा एकै स्थानमा ल्याउन सहज माध्यम बनेको छ । यसैको माध्यम र गलत प्रयोगका कारण कतिपयको चरित्र संगै घरवार पनि बिग्रेको छ । अकालमा ज्यान सम्म गुमाउनु परेको छ । माया प्रेम गास्ने सम्पर्कमा तथा सन्चारको प्रमुख श्रोत मानिएको छ ।
अनलाइन प्रोटलहरुको फलोअप कै कारण आज प्रिन्ट मिडियामा भन्दा छिटो जनताले सुचना पाउने अधिकार प्राप्त गरेका छन । यो सबल पक्ष हो, तर आज समाज कता जादैछ ? समाजिक सञ्जाल प्रयोग गर्ने काम नपाएका बेरोजगार तन्त्र हुन भन्ने केही हुलको समूह पनि नभएको होइन । जसले आफुलाई अब्बल दर्जाका व्यक्तित्व सम्झन्छ्न, किनकी तिनिहरु सामाजिक सञ्जालबाट टाढा रहेका हुन्छ्न ।
कतिपयहरु क्यानन, निकोन लगायत अन्य कम्पनिका केही क्यामेरा बजार देखि खरिद गरि कुनै कार्यक्रम तथा अन्य केही विषय वस्तु सामाग्रीको दुइचार क्लिक र फ्ल्यास मारी सामाजिक सन्जालमा अपलोड गर्दै क्वालिटी पुर्ण बिषय आम जनतालाई प्रदान गरे भन्दै अब्बल सम्झन्छ्न । त्यो पनि नराम्रो होइन किनकी त्यो मस्तिष्कले त्यो बेगर अन्य केही सभ्यताका विषय देख्न सक्दैन । किनकी तिनिहरु पब्लिक स्पिचर र सत्यबादी हु भन्दै क वर्गको श्रेणिमा आफुलाइ उभ्याउने गर्दछ्न । तर तिनिहरुको वौद्धिकता प्राय शून्य रहन्छ ।
एउटा त्यस्तो पङ्ति छ जस्ले समय सान्दर्भिक उच्च मुल्यांकनका श्रोतहरुलाइ सामाजिक सन्जालमा फलोअप गरिरहन्छ । त्यसैलाई आधार स्तम्भ मान्दै निरन्तर खोजमुलक अनुसन्धानमा अग्रसर रहन्छ । जस्ले तथ्य सङ्गत सत्य विषयको राम्रो ज्ञान हासिल गरेको हुन्छ । र त्यो क्वालिटी पुर्ण भन्दै अब्बल सम्झने हरुको दर्हो मुकाबिला गरिरहेको हुन्छ ।
नयाँ पुस्तासँग आखामा चस्मा लगाउदै नौलो प्रबिधी तर्फ आकर्षित पुरानो पुस्ता पनि यो चक्रबियुको प्रयोग कर्ता हो । नयाँ जेनेरेसनको हाम्रो नयाँ पुस्ता सामान्य महिला र पुरुष बिच भएको अङ्कमालको कुरालाइ केही जस्तो मान्दैनौ तर अर्को पुरानो पिढी यसलाई अपराध नै सम्झन्छ । त्यसैले हामीमा चेतनाको अभाव छ । यस्तो परिप्रेक्षमा कसरी दृष्टि आवरण गरिन्छ भन्ने सन्दर्भले त्यो अर्थको तुक गहिरो सँग राख्दछ ।
आजभोली सन्जालमा यस्तै कुराहरु दिन प्रतिदिन बाहिरिदै आएका छन । कतिपय जोडिका सेक्स भिडियो पनि यसै माध्यमबाट बाहिरिएको छ । कतिपय जटिल विषय वस्तुलाई सेन्सरले काटेतापनि सबै समस्याको समाधान भएको पाइदैन । तसर्थ यो जालो हामी माझ यसरी झाङ्गियको छ कि जस्को स्तर विश्व तहमा प्रबल बन्दै गइरहेको छ ।
केही प्रयोगकर्ताहरु अलि भिन्न प्रकारका हुने गर्दछ्न । किनकी अकाउन्ट खोलेदेखि वर्षौसम्म केही नयाँ कुरा अपडेट गरेका हुदैनन । केही पक्ष फेरि आफ्ना ब्यापारिक प्रचार र मिडियाका केही हाइलाईट्स जनमानस समक्ष प्रचार गरेका हुन्छ्न । कतिपय अनलाइन न्युज प्रोटलहरुले फेसबुक पेज मार्फत लाइभ अन्तरवार्ता देखि सांसद सम्मका सबै गतिबिधी प्रस्तुत गर्दै गर्दा हामी पनि दिन प्रतिदिन यसैको प्रयोग कर्ता हुँदै गैरहेका छौ र यो आवस्यकता पनि हो ।
सामाजिक सञ्जालमा आएका सबै विषय वस्तु सत्य हुदैनन, सबैलाइ फलोअप गरिदैन, हामी पनि बुझ्ने भएका छौ । समाज समुदायले धेरै गम्भीर कुराहरुमा बढि सचेत गराए कै हो । खुल्ला प्लेट फर्ममा बहस तथा आफ्नो तर्क राख्ने परिपाटीको बिकास भएको हो ।
म पनि सामाजिक सन्जाल अधिकतम प्रयोग कर्ता हु । सबै विषय पत्याउनु पर्छ भन्छन, म पत्याउदिन, सबैलाइ फलोअप त गर्दिन सन्जालको पनि आ-आफ्नो परिधी र धरातल छ । म बौद्धिक व्यक्तित्व जो समाजिक सन्जाल प्रयोग गरिरहन्छ । समसामयिक विषयमा बोली र लेखी रहन्छ त्यस्तो व्यक्तिलाइ फलोअप गरिरहन्छु । त्यसैले त सन्जालको महत्त्व बुझेको छु ।
युरोपियन देस हरुमा गोलिको वाण चलाउदै फेसबुकमा लाइभ गरिरहदा हाम्रो देशमा सामाजिक सन्जाल भित्र बोलिको वाण चलेको हो । किनकी लोकतान्त्रिक गणतन्त्र भएको देशमा वाक स्वतन्त्रता सबैमा हुन्छ, यो स्वभाविक प्रकृया हो । प्रबिधिले विश्व पोति रहदा त्यस्को प्रभाव नेपालमा पनि देखिएको हो । त्यसैले प्रयोगकर्ताको संख्या पनि उच्च मात्रमा बढेको हो ।
प्रयोगकर्ताको संख्या बढिरहदा यस्को अर्थ महत्त्व र सन्देस कस्तो हुन्छ भन्ने कुरामा ध्यान पुर्याउनु आवस्यक देखिन्छ । तसर्थ राज्यले पनि यस क्षेत्रमा चासो दिनुपर्ने समयको बिजारोपण भएको छ । सत्यको पछाडी यस्तो शक्ति लुकेको छ । जस्ले कुनै समयमा सन्जालबाटै दबाब मुलक न्यालयको फैसला गरेको पाइन्छ । किनकी त्यो प्रत्येक ब्यक्तिको भिन्न बिचार हो । तर यो परिस्थिति नेपालमा पछिल्लो समयमा प्रष्टसँग देखिएकै कुरा हो ।
कतिपय गलत कामको विरुद्ध सन्जालबाटै भयको बिरोधले समस्याको समाधान सँगै केही वर्ष पहिला असार पन्ध्र धान दिवसको दिन हिलो खेल्दा महिला दिदी बहिनिलाई अस्वभाविक व्यवहार गरेका कृषि मन्त्रीले राजिनामा दिन पुगेको तथ्य पनि हाम्रै देशमा विद्यमान छन । किनकी सामाजिक सन्जालमा चर्को बिरोधका कारण राजिनामा दिन पुगेका थिए । त्यसैले राज्य सम्यन्त्रमा पनि गहिरो प्रभाव राख्ने भयकाले सम्यम हुन जरुरी छ ।
समाजिक सन्जालको परिधी र धरातल भिन्न कोणमा बिकसित हुँदै गैरहेको छ । विस्वका ठुला-ठुला नेतृत्व पनि सन्जाल प्रयोगबाट अछुतो छैनन । किनकी कुनै राजनैतिक मत-मतान्तर यसै माध्यमबाट आम जनता समक्ष बुलन्द गरेको पाइन्छ । विज्ञानको बढ्दो क्रान्तिले आज यो उपलब्धी दिलाएको हो । यो अवसरमा बन्चित छु भन्दै तर्कन खोज्नु भनेको मुर्खता हुन आउँछ । किनकी समयको माग पनि मनन गर्न सिक्नु पर्दछ । जस्ले गतिलो पाठ सिकाएको हुन्छ ।
भनिन्छ हिजोआज र भोलिमा कति परिवर्तन देखिन्छ ? त्यो सबै हामिले अनुभव गरेकै कुरा हो । त्यसैले आज सत्य कुरा सामाजिक सन्जालमा प्रेशण गर्न के को डर ? गलत कुरा गर्न पो भएन । त्यता पनि चनाखो हुन जरुरी छ, आज राजनैतिक आवरण अनुसार पक्ष र विपक्षमा वातावरण प्रदुषण बन्दै नदि धमिलिरहेको छ । धमिलो पानीमा माछा मार्न खोज्नेहरु पनि विद्यमान छन । तिनिहरु नै दुई खेमामा विभाजन भएको देख्दा लाग्छ सामाजिक सन्जालको प्रभाव र यस्को सकारात्मक र नकारात्मक दुबै विषयमा बहस हुनु जरुरी छ ।
विशेषत राज्यले नै कानुन संवत कुराबाट यी सबै आवरणको असल व्यवस्था मिलाउदै प्रसाशनिक प्रकृयालाई अगाडि लैजानु पर्ने देखिन्छ । किनकी जस्तो पनि रङ्गभेद हुन सक्ने देखिएको छ । यस क्षेत्रमा अब्बल जनसक्ती, दर्ता प्रकृया कानुनी दक्षता र विज्ञताको परिक्षण ब्युरोक्रेसि जस्ले राज्य सन्चालन गर्दा देखापर्ने समस्या प्रती तत्काल समाधान गर्न सकोस ।
होइन भने पुरातन ढुङ्गेयुग तर्फ प्रेरित भए पुगि हाल्यो । जस्ले प्रबिधी क्रान्ती परिवर्तनको खोक्रो आदर्स र समृद्धिको चर्को नारा प्रस्तुत नगरे हुन्छ । जनताको जनभावना मनन गर्न सकोस, अन्यायमा परेकालाई न्याय दिलाउन न्यायलय नचुकोस भ्रष्टाचार कमिसन खोरिलाई कारवाही गरियोस । विधिको शासन, अमनचैनर शान्ती स्थापना होस, नागरिकका हक अधिकार नखोसियोस ।
यस्तै विषयमा विशेषत सामाजिक सन्जालहरुमा चर्चा र परिचर्चा भईरहने हुन । यो हुनु पर्छ तर राज्यका जिम्मेवार निकाय चनाखो बन्नु पर्ने देखिन्छ । किनकी जनतालाई चित्त नबुजेको विषय सन्जालमै प्रकट हुन थालेको छ, त्यो समर्थन होस या विरोध ।
सबै मतमतान्तर कोट्ट्याइ रहदा इन्टरनेटको पहुँच कति क्षेत्रमा पुगेको छ । कहाँ-कहाँका प्रयोग कर्ताले कसरी भावना प्रस्तुत गरेका छ्न । सात प्रदेश ७६ जिल्ला लगायत सबै स्थानिय निकायका जनताले ईन्टरनेटको सुबिधा उपभोग गरेका छन वा उपभोगबाट बन्चित छन भन्ने कुरा पनि अर्को सन्दर्भ हुन सक्छ ।
यो सबै तथ्यांकलाई मध्यनजर गर्ने हो भने टोटल जनसंख्या स्वदेश तथा विदेशको औसत मापनमा ३५% ले प्रयोग गरेको पाइन्छ । यो ३५ प्रतिशत मापन यस्तो जनशक्ती हो । जस्ले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, राजनैतिक सबै पक्षमा राम्रोसँग अस्थिरताको पाठ सिकेको छ, बुझेको छ । विभिन्न सरकारी प्रसाशनिक क्षेत्रदेखि वैदेशिक रोजगारी र उच्च शिक्षा अध्ययन गर्ने युवा शक्ति हो ।
तसर्थ राज्यले सामाजिक सन्जालमा समय मै लगाम लगाउन सकिएन भने भविष्यमा यसै क्षेत्रबाट नराम्रो शक्ति केन्द्रको उदय हुनेछ । किनकी शक्ति भनेको साथ समर्थन र सपोट नै मुख्य कुरा हो । केही विपक्षका भावनालाई बन्देज गर्न खोज्दा विद्रोह हुनसक्छ, किनकी अन्याय दमन नभई विद्रोह हुदैन । त्यहाँ बिस्फोट हुन्छ अनि त्यस ठाउँमा परिवर्तन संभव देखिन्छ । कस्तो समूह यस्को प्रयोग कर्ता हो भन्ने विषयले प्रभाव पार्ने हुँदा यस्को धरातल र परिधी अलि जटिल र भिन्न प्रकारको देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend