साझा नेटवर्क
प्रेम सुनार गुल्मी जेठ ७।
गुल्मीको साविकको अर्खले गाविस देखि हस्तीचौरको रातडाँडा जोडने सडक विस्तारका लागि आज अर्थ मन्त्रालयबाट १० करोड रुपैयाँ स्वीकृत भएको जनाईएको छ । खाम्सेपानी भुवनपानी तल्लाखर्क रातडाँडा सडकका लागि आज अर्थ मन्त्रालयबाट १० करोड रुपैयाँ स्वीकृत भएको नेपाली कांग्रेस गुल्मीका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
‘वहुवर्षिय योजनामा पार्नका लागि ९ महिना अघि देखि अर्थ मन्त्रालयमा कागज पेश गरिए पनि सो मन्त्रालयले अनाकानी गरेको थियो’–सचिव पन्थीले भने–‘आज गुल्मी क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीको पहलमा वहुवर्षिय योजनामा पार्न सफल भईएको छ ।’
उनले खाम्सेपानी देखि रातडाँडा सम्मको १० किलो मिटर सडक दुई वर्ष भित्रमा कालोपत्रे समेत हुने बताए । गत वर्ष ५० लाख पारेर काम सुरु गरिएको उक्त सडकले अर्खलेवासीलाई उत्तर र पश्चिमको यात्रा गर्न सुविधा हुने भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend