logo
  • शुक्रबार, असोज ९ २०८३

संचारकर्मी सुर्य चन्दद्वारा निर्देशित “जुनेली उज्यालोमा” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौं भदौ १६ ।

वरिष्ठ तथा किर्तिमानी गीतकार डा.. डीआर उपाध्यायको नयाँ गीत ‘जुनेली उज्यालोमा’ सार्वजनिक भएको छ । संचारकर्मी कलाकार तथा म्युजिक भिडियो निर्देशन सुर्य चन्द द्वारा निर्देशित र गायक दीपक लिम्बु र शशी रावलको स्वर,सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।सञ्चारकर्मी सूर्य चन्दले निर्देशन गरेको भिडियोमा राम बाबु र अपेक्षा खड्काको अनस्क्रिन रोमान्स देख्न सकिन्छ । एलिसा कार्कीको कोरियोग्राफी रहेको गीतमा आफ्नो जोवनलाई फुलसँग तुलना गर्दै जुनको उज्यालोमा लिएर आएको कुरा गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । भिडियोलाई अखिल बास्कोटाले छायाँकन गरेका हुन् ।

गीत लेखेरै विभिन्न विधामा ६ वटा विश्व रेकर्ड कायम गरेका उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका,अष्ट्रिलिया, वल्र्ड बुक्स अफ लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् ।

७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त समेत प्राप्त गरिसकेका छन् । उनले नेपाली गीतरसङ्गीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको हो ।

‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ ल्याएका डा। डीआर उपाध्यायले गीत लेखनबाट विभिन्न रेकर्ड राख्न सफल भएका हुन् ।‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा। डीआर उपाध्यायलाई गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुँने विभिन्न गीत सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायः जसो सबै अवार्डमा अवार्ड चुम्न सफल भएका छन् ।

उपाध्यायले उपन्यास लेखनमा पनि त्यतिकै सशक्त रुपमा कलम चलाउँदै आएका छन् । डा। डीआरका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठक माझ आएका छन् भने नयाँ उपन्यास ‘सपनाकी रानी’ पाठक माझ आउँदै छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend