logo
  • मंगलबार, असोज १३ २०८३

वडाअध्यक्षको मोटरसाइकमा अज्ञात समुहबाट आगजनी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री, गल्मी भदौ १८ ।
अर्घाखाँचीमा वडाअध्यक्षको मोटरसाइकलमा अज्ञात समुहबाट आगजनी भएको छ ।
जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्षको मोटरसाइकल लु १ ब १६८८ नम्बरको अज्ञात समुहबाट आगजनी भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रकाश बिष्टले बताए । वडाअध्यक्षले आफनो घर नजिकै पार्किङ्ग गरेर राखेको मोटरसाइकलमा गएराति अज्ञात समुहले आगजनी गरेको बिष्टले बताए ।
 आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा नष्ट भएको छ । मोटरसाइकलमा आगजनी भएपछि मंगलवार बिहान वडाअध्यक्षले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्दा जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।आगजनी गर्ने अज्ञात समुहको खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी) बिष्टले बताए । छत्रदेव गाउँपालिका वडा नम्बर ७ गुल्मीसँग जोडिएको वडा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend