साझा नेटवर्क
साझा नेटवर्क, प्यूठान भदौ १५ ।
सरुमारानी गाउँपालिका ५ जस्पुरको पसल चोरी गर्ने व्यक्ती पक्राउ परेका छन् । सरुमारानी गाँउपालिका वडा नं ५ जस्पुरका केशर बहादुर दर्लामीको घर पसलबाट नगद रुपैया तथा रिचार्जकार्ड चोरी फरार रहेका व्यक्तीलाई अस्थायी प्रहरी पोष्ट बड्डाँडा ले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका १ खर्कका १८ बर्षीय धरम सोती रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिको खोजतलास गर्ने क्रममा स्थानीय बजारमा शंकास्पद रुपमा हिडिरहेका अवस्थामा सोती मगरलाई चेक जाँच गर्दा उनको साथबाट नेपाली रुपैया ६५ हजार १ सय ४०, भारतिय रुपैया ११ सय चालिस, नमस्ने र एनसेलका रिचार्ज कार्ड गरी जम्मा रू ७३,हजार २ सय १४ रुपैया बरादम गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend