साझा नेटवर्क
हिम शिखर , गुल्मी भदौ १५
गत शुक्रवार अर्थात भदौं १३ गते धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा साविकको पिपलधारा वडा नं ६ बस्ने गोर बहादुर विक को २८ वर्षीय छोरा खिम बहादुर विक आफनै घरको कोठामा मृत अवस्थामा भेटिए । परिवारका अनुसार उनि राती खान नखाई सुतेका रहेछन् । विहान अवेर सम्म नउठे पछि आमाले बाहिर बाट ढोका ढकढकाउदा नखोले पछि छिमेकीलाई गुहारेर ढोका खोल्दा उनको मृत्यु भइसकेको रहेछ ।
परिवार स्रोतका अनुसार उनले धेरे दिन देखी नसा सम्बन्धी रोगको औषधि सेवन गर्दै आएका रहेछन्। विहिवार राती खान नखाई सुतेका उनले अत्यधिक औषधी सेवन गरेको हुँदा मृत्यु भएको अनुमान परिवार र घटना स्थलको रिर्पोटले जनाउछ । घटनाको कारण पोष्टमार्टम रिर्पोट पछि स्पष्ट हुने नै छ तर मृत्यु पछिको माहौल छुट्टै भयो ।
यसरी भयो उनको अन्तिम विदाइ
धुर्कोट गाउँपालिका २ पिपलधारा साविक पिपलधारा गाविस वाडनं ६ गाविस कै सवैभन्दा धेरै मलामी जाने टोलको रुपमा चिनिन्छ तर उनको अन्तिम संस्कारमा आफन्त र गाँउलेहरु मलामी जान पाएनन् ।
कारण यस्तो छ ।
मृतक खिम बहादुर , उनको आमा र दिदि विगत केही वर्ष देखी इसाई धर्ममा आस्था राख्दै आएका रहेछन् । परिवार का अन्य सदस्य अहिले पनि हिन्दुधर्म मा आस्था राख्दै आएका छन् । पुस्तौंपुस्ता हिन्दुधर्म संस्कार अगाल्दै आएको एउटा परिवार कसरी इसाई बन्न पुगे यसको बहस , खोज तथा अनुसन्धानको विषय छ नै । तर सरसर्ती बुझ्दा नेपालमा पछिल्लो समयमा क्रिश्चियन मिसनरीहरु ठाउँठाउँमा धर्म परिवर्तन गराउर्दै हिड्ने सिलसिलामै उनिहरु पनि विभिन्न प्रलोभनमा परेर सो धर्ममा आस्थावान भएको हुनुपर्छ ।
यसैकारण उनको अन्तिम संस्कार हिन्दु मृत्युसंस्कार अनुसार हुन सकेन । मृतकको पोष्टमार्टम गर्नको लागी गुल्मी जिल्लाको सदरमुकाम तम्घास सम्म पु¥याएर ल्याउन सम्म गाउँलेहरुले सहयोग गरे । त्यसपश्चात उनको मृत्युको खबर पाए पछि क्रिश्चियन मिसनरीको ४ जना को टिम शुक्रवार साझनै आईपुग्यो र अन्य टिम शनिवार आइसकेपछि मृतकको अन्तिम संस्कार कसरी गर्ने , कहाँ गर्ने भन्ने कुरामा विवाद निश्कियो किनभने मृतक का बुवा र भाईहरुले हिन्दु संस्कार अनुसार गर्ने भन्ने थियो भने आमा र दिदिहरु भने क्रिश्चियन धर्मको नियम अनुसार गर्ने भन्ने थियो ।
दिनभरी नै गाउँलेहरु र क्रिश्चियन मिशनरी टिम बिचको बहस र छलफल पछि क्रिश्चियन धर्म संस्कार अनुसार नै गर्ने भएपछि गाउँलेहरु मृतक खिमबहादुरको मलामी बन्न पाएनन् र उनको अन्तिम संस्कार क्रिश्चियन धर्म संस्कार अनुसार नै सोही वडाको नादी खोला किनारमा गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend