साझा नेटवर्क
करिम बक्स मियाँ, तनहुँ भदौ १६।
पोखरादेखी काठमाण्डौ जाँदै गरेको माइक्रोबसको दुर्घटना भएको छ। ग१ज २९७० नम्बरको यात्रुवाहक माइक्रोबस तनहुँ जिल्लाको पृथ्वी राजमार्ग खण्ड अन्तर्गत शुक्लागण्डकी नगरपालिका ५ गल्छिनामा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा परी सवारी चालक गम्भीर घाईते भएका छन्। चालकलाई उपचारार्थ पोखरा लगिएको छ। यात्रुहरु भने सामान्य घाईते भएका छन्। एकजना यात्रुलाई उपचारको लागि शुक्लागण्डकी ५ स्थित जिपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र( सेती गंगा) अस्पतालमा लगिएको छ।
सडकको अवस्था जिर्ण रहेको तथा हिंजो रातीदेखी परेको अविरल वर्षाका कारण सडक चिप्लो भएको र चालकले द्रुत गतिमा सवारी हाँकेका कारण दुर्घटना भएको प्रत्येक्षदर्शीहरुले बताए।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend