logo
  • मंगलबार, असोज १३ २०८३

सामाजिक विकृति अन्त्यको लागी विद्यार्थीको भूमिका : उपप्रमुख भुसाल


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल, बागलुङ भदौ १३ ।
जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले सामाजिक विकृति अन्त्यका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
त्रिभुवन नमुना मावि खर्वाङले आयोजना गरेको तिज विशेष कार्यक्रममा सम्बोधन गर्दै उपप्रमुख भुसालले कक्षा ११ र १२ का विद्यार्थीेहरु सामाजिक सेवामा समेत जोडिन आग्रह गर्नुभएको छ।

प्रधानाध्यापक ढालमणि भण्डारीले विद्यार्थीहरुको अभिरुचिका सवै विषय समेट्न विद्यालय तयार रहेको भन्दै निरन्तर लघु भ्रमण, अतिरिक्त क्रियाकलाप, विभिन्न व्यक्तित्व विकास गर्ने तालिम तथा प्रतिभा प्रस्फुटन गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनु भएको छ।

सो कार्यक्रममा कक्षा ११ र १२ को प्रतिस्पर्धात्मक तिजिगित प्रतियोगीता सञ्चालन भएको थियो भने सवै विद्यार्थी र शिक्षकहरुलाई दर खुवाइएको थियो। कार्यक्रम अतिरिक्त कृयाकलाप समितिका संयोजक कल्पना घिमिरेको अध्यक्षता तथा शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend