logo
  • मंगलबार, असोज १३ २०८३

प्यूठानको जुम्रीकाढाँका आगलागी पीडितलाई राहत वितरण


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क,प्युठान भदौ १२ ।
प्युठान नगरपालिका – ५ जुम्रीकाढाँका आगलागी पिडीतलाई प्युठान नगरपालिकासंगै विभिन्न संघसंस्थाले राहत प्रदान गरेका छन् ।प्युठान नगरपालिकाले प्रति परिवारलाई २५÷२५ हजार रुपिँया र लत्ताकपडा वितरण गरेको छ । त्यस्तै उद्योग वाणिज्य संघले दुुई बोरा चामल, दाल, चिनी, तेल, नुन वितरण गरेको छ । नेपाल रेडक्रस सोसाईटीले त्रिपाल, भाडाकुडाँ, कम्मल लगाएतका सामाग्री पिडीत परिवारलाई दिएको छ ।

कालिका विकास केन्द्र नेपालले पनि आगलागी पिडीतलाई त्रिपाल,कुसन,डेक्ची लगाएतका सामाग्री वितरण गरेको छ । निर्माण व्यवसायी संघ प्युठानले दुई घरपरिवारलाई २५÷२५ सय रुपिँया राहत दिएको छ । र साईरामले पनि आगलागि पिडीतलाई चामल, दाल , नुन , तेल लगायतका सामाग्री दिएको आगलागी पिडीत गोपाल कामीले बताए ।

प्युठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपति, नगरउपप्रमुख शान्ता आचार्य, वडा अध्यक्ष लछुमन भण्डारी, उद्योग वाणिज्य संघका प्रतिनिधि दुर्गा भुसाल लगाएतको उपस्थितीमा राहत सामाग्री प्रदान गरिएको हो । राहत प्रदान गर्दै नगरप्रमुख कक्षपतिले आगलागी भएका परिवारलाई विभिन्न ठाउँबाट राहत सामाग्री संकलन गरि प्रदान गरेको बताए ।

आगलागी पिडीतलाई प्रदेश सरकारबाट जस्तापाताका लागि प्रति परिवार ५० हजार दिने व्यवस्था रहेकाले वडा र नगरपालिकाबाट सिफारिस दिई प्रदेश सरकारबाट माग गरिने नगरप्रमुख कक्षपतिले बताए ।

गत सोमवार प्युठान नगरपालिका – ५ जुम्रीकाढाँमा आगलागि हुँदा जुम्रीकाढाँका ६६ वर्षिय गोपाल कामी र उनको बुहारी कल्पना विकको दुई घर र एक गोठ जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend