logo
  • मंगलबार, असोज १३ २०८३

अर्घाखाँचीमा १५ वर्षिय युवकको अरिंगालको टोकाइबाट ज्यान गयो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क संवाददाता

अर्घाखाँची,भदौ १० गते । सन्धिखर्क नगरपालिका– ५ कुरापोख्रालका १५ वर्षीय नन्दबहादुर मुखियाको अरिंगालको टोकाइबाट ज्यान गएको छ ।

स्थानीय गोपेश्वर आधारभूत विद्यालय मथुराको कक्षा ५ मा अध्ययन गर्ने बालक सोमबार बिहान विद्यालय जान भनी घरबाट निस्केकोमा विद्यालय नगइ नजिकैको कटहरको रुखमा चढेको बेला अरिंगालले टोकेको थियो ।

अरिंगालले टोकेपछि नजिकैको एक घरमा गएर बालकले आफूलाई अरिंगालले टोकेको जानकारी गराएका थिए । बालकलाई अरिंगालले टोकेको थाहा पाएपछि स्थानीय पार्वता मुखियाले बालकको घरमा खबर गर्नुभएको थियो । त्यसपछि बालकको उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

म्भीर घाइते भएका बालकको अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको निम्ति अन्यत्र लैजानुपर्ने बताएको थियो । आर्थिक अभावका कारण समयमै अन्य अस्पतालमा लैजान नसकिएका कारण बालकको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend