logo
  • मंगलबार, असोज १३ २०८३

लोप हुन थालेको संस्कृत शिक्षाको जर्गेना गर्न पाठशाला सञ्चालन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

टोपलाल अर्याल, गुल्मी भदौ ९ ।
गाउँमै संस्कृत शिक्षाको जर्गेना गर्ने उदेश्यले धुर्कोट वस्तुमा संस्कृत पाठशाला संचालन गरिएको छ । धुर्कोट गाउँपालिकाको सहयोगमा संस्कृत वडा नं ५ वस्तुको किराँतेश्वर महादेव मन्दिरमा पाठशाला शुरु भएको छ ।

सोमवार गाउँपालिका प्रमुख भुपाल पोख्रेलले सस्कृत पाठशालाको शुभारम्भ गरे । अझै पनि बहुसंख्यक जनता हिन्दु धर्ममा आस्था राख्ने र गाउँमा पुजापाठ गर्दा पण्डित पाउन मुस्किल भएकाले संस्कृत पाठशाला संचालनमा ल्याएको पोख्रेलले जानकारी दिए ।

संस्कृत पाठशाला सञ्चालन गर्नका लागि गाउँपालिकाले दुई लाख सहयोग गरेको छ । भने पाठशालामा रुद्री र कर्मकाण्ड गरेर २ कक्षा सञ्चालन भएको गाउँपालिका उपप्रमुख शिव बहादुर केसीले बताए । उनले अहिलेलाई पाठशालामा ४० जनासम्मलाई व्यावस्थापन गर्न सकिने बताए ।

‘संस्कृत शिक्षा मार्फत समाजमा संचालन भएका परम्परागत धार्मिक कर्मकाण्ड संचालन गर्ने पाठशालाको उदेश्य हो,’केसीले भने,‘नैतिक शिक्षा मार्फत नागरिक तथा समुदायलाई नैतिकवान बनाउँदै लैजाने हो ।

जातिय भेदभाव रहित पाठशाला

किरातेश्वर मन्दिर ब्यवस्थापन समितीका सचिव नन्दराम भण्डारीले संस्कृत पाठशालामा सवै जातजातीका मानिसहरु सहभागी हुन पाउने ब्यवस्था रहेको जानकारी दिए । विद्यालयमा पठनपाठन गर्ने विद्यार्र्थीहरुलाई समेत मध्येनजर गरेर विहानमा दुई घण्टा कक्षा सञ्चालन हुने भण्डारीले बताए ।

उनले संस्कृत भाषा लोप हुन थालेपछि समितीमा धेरै सल्लाहा गरेर गाउँपालिकाको सहयोगमा पाठशाला संचालन भएको बताए । सोमवार नै रुद्रीमा सात जना र कर्मकाण्डमा ११ जना भर्ना भएका छन ।

दलित युवा वावुराम सुनार समेत कर्मकाण्डमा भर्ना भए । गाउँपालिकाले निःशुल्क पठनपाठन र पुस्तकहरुको ब्यवस्था मिलाएको छ । प्रशिक्षकका रुपमा पण्डित कृष्ण प्रसाद पोखरेललाई नियुक्ती गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend