logo
  • मंगलबार, असोज १३ २०८३

तम्घासमा सिसीटिभी जडान गर्न साइनरेसुङ्गा बैंकले गर्यो सहयोग


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,गुल्मी भदौ ८ ।
गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसीटिभी क्यामरा जडान बैंकहरुले आर्थिक सहयोग गरेका छन् । बजारका अति संबेदनशिल स्थानमा सिसीटिभी जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेको बैंकहरु सहित बिभिन्न संघ संस्थाले सहयोग संकलन गरिरहेका छन् ।सिसीटिभी आइतवार साइनरेसुङ्गा बैंकले सहयोग गरेको छ । बैंकका शाखा प्रमुख दिवस श्रेष्ठले जिल्लका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई.२५ हजारको चेक हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तर दायित्वलाई विशेष प्राथमिकता दिदैँ बैंकहरुले आर्थिक सहयोग गरेका छन् ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउने उदेश्यले सिसीटिभी क्यामरा जडान गर्न लागिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । क्यामरा जडानको लागि जिल्ला प्रशासनको अगुवाईमा बिभिन्न संघ संस्थाको सक्रियतामा जडान हुने भएको हो ।
हाल बजारका केहि स्थानमा जडानको सुरुवात भएपनि पुरै बजारलाई समेटने गरि आर्थिक रकम संकलन पछि जडान गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।सिसीटिभी क्यामरा जडान गर्नको लागि सदरमुकाम तम्घासमा रहेका ४५ वटा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्यामरा जडानको लागि हालसम्म ४ वटा संस्थाले सहयोग गरेको प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए । संस्थाहरुले प्रतिबद्धता जनाएका अनुसार बैंकहरु २५ हजारका दरले र अन्य संघ संस्थाले संस्थाको अबस्था हेरिकन सहयोग गर्ने प्रतिबद्धता जनाएको छन् ।

बजार क्षेत्रमा सिसी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थालाई सहयोग पुराउने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । प्रशासनको अगुवाईमा बजार क्षेत्र भित्र आबश्यकता हेरिकन सिसीटिभी क्यामरा जडान गर्न लागेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

सिसीटिभी क्यामरा जडानले अपारध नियन्त्रणमा सहयोग पुग्ने र व्यवसायीहरुले आफना व्यवसाय गर्न ढुक्कसँग गर्न पाउने व्यवस्थालाई मिलाउन सहयोग गर्ने प्रशासकीय अधिकृत पाण्डेयले बताए । क्यामरा जडानको लागि आर्थिक संकलन सुरुवात भइरहेको र संकलित आर्थिक रकमबाट छिट्टै जडान गरिने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend