साझा नेटवर्क
अनिल खत्री,गुल्मी भदौ ७ ।
कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित रोपाई जात्रा मनाइएको छ । कृष्ण जन्माष्टमीको अर्को दिन बिगतका वर्षहरुमा जस्तै यसवर्ष पनि जिल्लाको सदरमुकाम तम्घासमा रहेको तम्घास स्थान मन्दीर व्यावस्थापन समितीले शनिवार बिबिध कार्यक्रम सहित रोपाई जात्रा गरेर मनाएका हुन ।
मन्दीर व्यवस्थापन समितिले श्रीकृष्णको रथ यात्रा, रोपाई जात्रा, हाँस्याव्याग्य गाईजात्रे प्रस्तुति, लाखे नाच सहित बिबिध साँस्कृतिक कार्यक्रम गरेका थिए । मन्दिरले तम्घास बजारका बिभिन्न स्थानसँगै चिदिचौर खेल मैदानमा पुगेर बिबिध कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
रोपाइँ जात्रा तथा बिबिध साँस्कृतिक कार्यक्रममा बिभिन्न बिभिन्न घटनाक्रमसँग समन्धी हाँस्य व्याग्य प्रस्तुति, खेत रोपाइँको क्रममा गाईने वाली भाका गाएर दिन भर तम्घास बजार रमाईलोमय बनेको थियो । रोपाइँ जात्रासँगै साँस्कृतिक कार्यक्रम हेर्न जिल्लाका बिभिन्न स्थानबाट मानिहरू आएका थिए ।
अहिलेका नयाँ पुस्ताले पुराना संस्कार र सँस्कृतिहरु विर्सिदै गएपनि मन्दीर व्यवस्थापन समितिले संरक्षण र संम्र्वद्धनको लागि कार्यक्रमको आयोजना जनाएको छ । रोपाइँको बेला असारमा गाईने वाली गित गाएर रोपारेहरुले रोपाइँ गरेको जस्तै गर्दा झट्ट हेर्दा जो कसैलाई पनि असारको सम्झना दिलाउने गरि रोपारेहरुले रोपाइँ प्रस्तुत गर्दै गर्दा कार्यक्रममा थप आकर्षणहरु बनेको थियो ।
तम्घासमा रथयात्रा
कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेका तम्घास स्थान मन्दीर व्यावस्थापन समितीले श्रीकृष्ण रथ यात्रा बिबिध कार्यक्रम गरेर मनाएका हुन् ।
कृष्ण जन्माष्टमीको अर्को दिन बिभिन्न कार्यक्रम गर्ने प्रचलन रहेको छ । मन्दिर व्यवस्थापन समिती, राधा माधब समिती, सत्य साहि संठन, ब्राह्माकुमारी बिश्व बिद्यालय, लगायतका संघ संस्थाले भगवान कृष्णको रथ यात्रा शनिवार तम्घास बजारमा परिक्रमण गराएका थिए ।
समितीले मन्दीर प्राङ्गगढबाट भजन कृतन सहित निकालेको रथ तम्घास बजारका बिभिन्न स्थानमा पुजाआजा सहित बजार परिक्रमण गराएका छन् । रथ यात्रामा पञ्चे बाजा सहित बिभिन्न भजन कृतनहरुका प्रस्तुतिहरु राखिएको थियो ।
कृष्ण जन्माष्टमीको अबसरमा तमघासमा रहेका बिभिन्न संघ संस्थाले रोपाइँ जात्रा निकाल्ने प्रचल रहि आएको छ । बिभिन्न हास्य व्याग्य कार्यक्रमसँगै रोपाइँ जात्रा गर्ने प्रचलन रहेको छ ।
तस्वीरहरु -:


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend