logo
  • शुक्रबार, असोज ९ २०८३

श्रीकृष्ण जन्माष्टमीको अबसरमा तम्घासमा रथयात्रा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री गुल्मी भदौ ७ ।
कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेका तम्घास स्थान मन्दीर व्यावस्थापन समितीले श्रीकृष्ण रथ यात्रा बिबिध कार्यक्रम गरेर मनाएका हुन् ।
कृष्ण जन्माष्टमीको अर्को दिन बिभिन्न कार्यक्रम गर्ने प्रचलन रहेको छ । मन्दिर व्यवस्थापन समिती, राधा माधब समिती, सत्य साहि संठन, ब्राह्माकुमारी बिश्व बिद्यालय, लगायतका संघ संस्थाले भगवान कृष्णको रथ यात्रा शनिवार तम्घास बजारमा परिक्रमण गराएका छन् ।समितीले मन्दीर प्राङ्गगढबाट भजन कृतन सहित निकालेको रथ तम्घास बजारका बिभिन्न स्थानमा पुजाआजा सहित बजार परिक्रमण गराएका छन् । रथ यात्रामा पञ्चे बाजा सहित बिभिन्न भजन कृतनहरुका प्रस्तुतिहरु राखिएको थियो ।

कृष्ण जन्माष्टमीको अबसरमा तमघासमा रहेका बिभिन्न संघ संस्थाले रोपाइँ जात्रा निकाल्ने प्रचल रहि आएको छ । बिभिन्न हास्य व्याग्य कार्यक्रमसँगै रोपाइँ जात्रा गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend