logo
  • मंगलबार, असोज १३ २०८३

प्यूठान प्रहरी प्रमुख बुढाथोकीलाई बिदाई


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

प्यार अलि खाँन,प्यूठान भदौ ।
प्यूठान प्रहरी प्रमुख निर्मल बुढाथोकीलाई विदाई गरिएको छ । प्यूठानका स्थानिय सरकार एंव विभिन्न संघ संस्थाहरुले डिएसपी बुढाथोकीलाई विदाई गरेका हुन् । डिएसपी बुढाथोकीको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौमा सरुवा भएको छ ।ऐरावती गाँउपालिका र प्यूठान नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि प्रहरी नायव उपरिक्षक बुढाथोकीलाई माँयाको चिनो सहित विदाई गरेका छन् । ऐरावतीको विकट बस्ती दाङबाङमा २ दशक भन्दा पहिलेबाट स्थायी प्रहरी चौकी राख्ने कागजी निर्णय भएपनि कार्यान्वयन नभएकोबेला प्यूठान प्रहरी प्रमुखको सक्रिय प्रयास तथा पहलकदमीका कारण प्रहरी चौकीको स्थापना भएको ऐरावती गाँउपालिकाका अध्यक्ष नविलविक्रम शाहले बताए ।

“चौकी स्थापना भएपछि स्थानिय जनताहरुले शान्ति सुरक्षाको प्रत्याभुुति गरिरहेका छन् ।” अध्यक्ष शाहले भने, “उहाँको समन्वयको पाटो अत्यन्तै साह्रनिय छ ।” प्यूठान प्रहरी प्रमुखको कार्यकाल उत्कृष्ठ रहेको गाँउसरकार प्रमुख शाहले बताए । प्रहरी नायव उपरिक्षक बुढाथोकीको १ वर्षे कार्यकाल सफल भएको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।“जनताको शान्ति सुरक्षाको सवालमा उहाँको कार्यकाल अत्यन्त सफल भएको ठानेका छौँ ।” नगर प्रमुख कक्षपतिले भने, “हामीले प्रहरीबाट निरन्तर सहयोग पायौँ, उहाँ सबै पक्षसंग प्रभावकारी समन्वय गर्नुहुन्थ्यो ।”यसैविच नीजि क्षेत्रको तर्फबाट प्यूठान उद्योग वाणिज्य संघले पनि डिएसपी बुढाथोकीलाई संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।

प्यूठानी व्यवसायीहरुसंग प्र.ना.उ बुढाथोकीको सम्वन्ध सहकार्य प्रभावकारी रहेको संघका अध्यक्ष केदारमान कक्षपतिले प्रतिक्रिया दिएका छन् । प्रहरी प्रमुख बुढाथोकीलाई कर्मचारी मिलन केन्द्र, स्वर्गद्धारी गौमुखी यातायात प्रा.लि र व्याडमिण्टन संघ मल्लरानीले समेत बिदाई गरेका छन् ।

डिएसपी बुढाथोकी गत वर्ष साउन २५ गते जिल्ला प्रहरी कार्यालय प्यूठानमा हाजिर हुन आएका थिए । अपराध अनुसन्धानमा नेपाल प्रहरीलाई औषत ४५ देखि ५० प्रतिसत मात्र सफलता हासिँल भैरहेको पछिल्लो परिप्रेक्ष्यमा प्यूठान प्रहरीलाई भने उत्कृष्ठ सफलता मिलेको थियो ।

आ.व ०७५⁄०७६ मा जिल्ला प्रहरी कार्यालय प्यूठानमा विभिन्न प्रकृतिका २ सय १५ वटा मुद्धा परेकोमा प्यूठान प्रहरीले घटनाको ९५ प्रतिसत सफल अनुसन्धान गरेको प्यूठान प्रहरीको दाबी थियो । नागरिक मैत्री व्यवहार गर्ने प्रहरी नायव उपरिक्षक बुढाथोकीको काम गर्नै शैली र व्यवहारको प्यूठानीबासीहरुले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend