logo
  • मंगलबार, असोज १३ २०८३

अर्घाखाँचीको खनदहमा एक जनाले आत्महत्या गरे


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हिम शिखर, अर्घाखाँची भदौ ३ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका ३ खनदह बजार नजिकै बस्ने विष्णु विकका छोरा अन्दाजी २८ वर्षका दिपक विकले आफ्नै घरको दलिनमा झूण्डिएर आत्महत्या गरेका छन् ।

श्रीमतीका अनुसार हिजो सामान्य झगडा भएको र करिब आठ बजे ढोका बन्द गरेर सुतेपछि उनि छोराछोरी लिएर अरु कसैको घरमा गएर सुतेकी रहिछन् । विहान आएर ढोका ढकढकाउदा नखोलेपछि झ्यालबाट चिहाउदा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

मृतक दिपकको शवलाई पोष्टमार्टमको लागी अर्घाखाँची लैजाने भएका छन । मृतकका घरमा बुवा आमा, श्रीमती, ससाना दुई छोरा र एक छोरी रहेका छन् । परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक देखिन्छ । आत्महत्याको स्पष्ट कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend