logo
  • मंगलबार, असोज १३ २०८३

गुल्मीमा पहिलो पटक विकासका कार्यहरुबारे समिक्षा कार्यक्रम


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

हुमाकान्त पोखरेल, गुल्मी भदौ ०१ ।
गुल्मीमा आर्थिक बर्ष २०७५/७६ मा संचालित विकास निर्माणका कामबारे समिक्षा गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा शनिबार र आइतबार दुई दिनसम्म समिक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबाट संचालन भएका सबै विकासका कामलाई समिक्षा गरिएको थियो ।

कार्यक्रममा सबै कार्यालय प्रमुखहरुले आ–आफ्नो कार्यालयको प्रगती विवरण प्रस्तुत गरेका थिए । गत आर्थिक बर्षमा सुधारिएका विषयवस्तुहरु, आगामी दिनमा गर्नुपर्ने कुराहरु लगायतको बारेमा छलफल भएको थियो ।

गत आर्थिक बर्ष विकासको दृष्टिकोणले सन्तोषजनक देखिएपनि धेरै सुधारका कामहरु पनि गर्नुपर्ने समिक्षाको निष्कर्ष बनेको जिल्ला समन्वय समितिका अध्यक्ष लक्षमण पराजुलीले जानकारी दिए ।

गत आर्थिक बर्षमा स्थानीय तहको मात्रै ९२ देखि ९५ प्रतिशत रकम खर्च भएको देखिएको छ । भने संघ र प्रदेशमध्ये संघअन्तरगत रहेका कार्यालयहरुले बढी खर्च गरेका छन् कार्यक्रममा एउटै विकासका कार्यमा स्थानीय तह, प्रदेश र संघिय सरकारले लगानी गर्ने समस्या देखिएकोमा यो बर्षदेखि त्यस्तो कार्य नगर्ने निर्णय गरिएको पराजुलीले जानकारी दिए ।

यस्तो प्रकारको समिक्षा कार्यक्रम गुल्मीमा पहिलो पटक भएको हो । संविधानमा समिक्षा गर्नुपर्ने कुनै बाध्यकारी व्यवस्था नभएपनि जिल्लाको समग्र विकासको लागि समिक्षा कार्यक्रम गरिएको समन्वय समिति अध्यक्ष पराजुलीले बताए ।

त्यसका साथै यहि भदौ ११ स्थानीय तहका प्रमुखहरुसँग छलफल गर्न ५ नम्बर प्रदेशका मुख्यमन्त्र िगुल्मी आउने कार्यक्रम समेत रहेको पराजुलीले जानकारी दिए । कार्यक्रमको उद्घाटन परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले गरेका थिए भने समापन ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरेका थिए ।

कार्यक्रममा ५ नम्बर प्रदेशका विषेषधिकार समति सभापति कमलराज श्रेष्ठ, प्रदेश सासंद दिनेश पन्थी, खड्क केसी लगायत सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सबै कार्यालयका प्रमुख लगायतको उपस्थिति रहेको थिये ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend