साझा नेटवर्क
अनिल खत्री, गुल्मी भदौ १ ।
गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय–पत्र विवरणको दर्ता संकलनको सदरमुकाम तम्घासमा एक कार्यक्रमका बिच सुरु गरिएको हो । परिचयपत्रको संकलनको सुरुवात परराष्टमन्त्री प्रदीपकुमार ज्ञवालीले गरेका हुन् । परिचयपत्र लिनको लागि मन्त्री ज्ञवालीको नामावली दर्ता संकलन गरेर सुरुवात गरिएको हो ।

कार्यक्रममा संविधान र संघियताको सफल कार्यान्वयन गरेककाले आर्थिक बृद्धिमा पनि सुधार गरेको मन्त्री ज्ञवालीको भनाई छ । उनले कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा, प्रधानमन्त्री रोजगार कार्यक्रम, वैदेशिक सम्बन्ध सुधार जस्ता महत्वपूर्ण काम सरकारले गरेकोले अब थप नयाँ योजनाका साथ अगाडी बढ्ने बताउनु भयो ।

नागरिकका सेवा सुबिधाहरु सहित अपराध नियन्त्रण गर्न यो परिचयपत्र महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । जिल्लामा प्रशासन कार्यालयबाट सुरु गरिएको यो सेवा स्थानिय तहसम्म लगिने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थान सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचान सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

परिचयपत्र बिवरण दर्ता संकलन गर्न नागरिता, बसाई सराइ गरेको हकमा बसाईसराइको सक्कल कगजपत्र चाहिने राष्ट्रिय परिचयपत्र संकलक कम्प्युटर अपरेटर केशव बरालले बताउनु भयो । संकलित बिरण केन्द्रमा संकलन भएर कार्ड बनेर आउन २ देखि ३ महिना लाग्ने अपरेटर बरालको भनाई छ । जिल्ला सदरमुकाम तम्घासमा ३ जना अपरेटरबाट काम सुरु गरिएको छ ।
राष्ट्रिय परिचय पत्र बितरणका लागि पहिलो चरणमा गुल्मी सहित झापा, संखुवासभा, महोत्तरी, ललितपुर, रसुवा, सप्तरी, स्याङ्जा, तनुहँ, चितवन, कपिलवस्तु, सल्यान, जुम्ला, अछाम र कञ्चनपुर गरि १५ जिल्लामा लागु गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend