साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं साउन ३० ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पत्रकार रवि लामिछाने सहित युवराज कँडेल र अस्मिता कार्कीलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या बारे छानबिन तथा अनुसन्धान गर्न भन्दै उनीहरुलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
रवि लामिछाने र युवराज कँडेललाई न्युज २४ टिभीको कार्यालय परिसरबाटै पक्राउ गरिएको हो । उनीहरु तीनै जनालाई आजै चितवन लग्ने तयारी छ । पत्रकार शालिकराम पुडासैनीको हिजो सार्वजनिक भएको भिडियोमा उनले यी तीन जनाको नाम लिएका थिए र आफ्नो मृत्युका लागि उनीहरु दोषी भएको बताएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend