logo
  • मंगलबार, असोज १३ २०८३

श्रावण २८ गते बडिगाडमा सरसफाई अभियान चल्ने


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

कमल पौडेल,बाग्लुंग साउन २८ ।

हरेक महिनाको एक दिन जनश्रमदान, बडिगाड गाउँपालिकाको जिवन्त अभियान भन्ने नारासहित गाउँपालिकाले सुरु गरेको अभियान प्रभावकारी बनाउन वडा नं. २ खर्वाङका वासिन्दा जुटेका छन् ।

यसैविच गाउँपालिकाले श्रावण २८ गते गाउँपालिका भर सरसफाई अभियान चलाउने बताएको छ । सोहि अनुरुप बडिगाड गाउँपालिका वडा नं. २ को वडा कार्यालयले आयोजना गरेको सामाजिक अगुवाहरुको वैठकले श्रावण २८ गतेलाई सरसफाई तथा स्वच्छता अभियानको रुपमा मनाउने निर्णय गरेको छ ।

२८ गते मध्यपहाडि लोकमार्ग क्षेत्रमा रहने वासिन्दाले गिरिंदी देखि लब्धीखोला सम्म सफाई अभियानमा सहभागि हुने र माथिल्लो भेगमा बसोवास गर्ने बासिन्दाले आआफ्नो टोलमा सामुहिक रुपमा सरसफाई, झाडि सफाई तथा सडक सफाई गर्ने निर्णय गरेको हो ।

सो सफाई अभियानमा सहभागि नहुने वासिन्दालाई जरिमाना समेत तिराइने वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend