logo
  • शुक्रबार, असोज ९ २०८३

रमेश श्रेष्ठको “घरमा मेरो बिहेको करकर” (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, काठमाडौँ साउन २५ ।
पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल चर्चित गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “घरमा मेरो बिहेको करकर”को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सास्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “घरमा मेरो बिहेको करकर” भर्खरै मात्र आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । केहि समय अघि मात्र नेपाली सांगीतिक बजारमा सार्बजनिक भएको गायक रमेश श्रेष्ठको “टिकटकले डुबायो”ले आत्याधिक चर्चा बटुल्न सफल भएको थियो ।

सार्बजनिक गीतमा सुरेन्द्र थपलियाको शब्द र गायकको आफ्नै संगीत रहेको छ । म्युजिक भिडियोलाई बिशाल प्रजापतिले छायांकन गरेका छन् भने निर्देशक सरोज श्रेष्ठले आकर्षक ढंगले निर्देशन गरेका छन् । उक्त भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् ।

म्युजिक भिडियोमा चर्चित हास्य कलाकार महादेव त्रिपाठी, मनिष प्रितम, रश्मि श्रेष्ठ, गणेश केसी, नमराज पराजुली तथा भगवान खत्रीको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend